खोरमा आगलागी हुदाँ ११ बाख्रा जले

मेचीकाली संवाददाता

७ माघ २०७९, शनिबार
186 shares

कपिलवस्तु । कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ४ समिति चोक स्थीत एक खोरमा आगलागी हुदाँ साना ठुला गरी ११ वटा बाख्राको जलेर मृत्यु भएको छ ।

समिति चोक बन कार्यालय नजिकै रहेको ३५ वर्षीय नन्दलाल यादवको फुसले छाएको बाख्राको खोरमा एक्कासी आगोलागी हुँदा उक्त क्षेती भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । खोरमा आगलागी भएको छ भन्ने खबर पाउना साथ वडा प्रहरी कार्यालय चन्द्रोटाको टोल घटना स्थल पुगेको थियो ।

माघ ५ गते करिब ५ बजे तिर खोरमा आगलागी हुँदा अन्दाजी रु १ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी के कति कारणले भएको विषयमा अनुसान्धन भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिन बहादुर घलेले बताए ।