पब्लिक माविले माघ ८ देखि१२ सम्म स्वर्ण महोत्सव मनाउने

मेचीकाली संवाददाता

७ माघ २०७९, शनिबार
561 shares


तुलसीराम पौडेल —
सियारी, माघ ७
रुपन्देहीको सियारी गाउपालिका-४ छपियामा स्थित पब्लिक मा वि को ५० औ बर्ष पार गरेको सुखद अवसरमा माघ ८ गते देखी माघ १२ गते सम्म स्वर्ण महोत्सव मनाउने भएको छ।स्वर्ण महोत्सव अन्तर्गत माघ ८ गते देखी १२ गते सम्म विभिन्न कार्यक्रमहरु गरिने भएको छ।स्वर्ण महोत्सव कार्यक्रम अन्तर्गत माघ ८ गते लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरिले स्वर्ण स्तम्भ उदघाटन गर्नुहुनेछ।सोही दिन प्राबिधिक भवन समुदघाटन,शिक्षक बिदाइ कार्यक्रम पि.एच.डि बिद्यार्थिलाई सम्मान गरिनेछ। माघ ९ गते अन्तर सदनात्मक हाजिरी जबाफ, शो नृत्य, अन्तर मा वि वक्तृत्वकला प्रतियोगिता (सियारी सामुदायिक र सस्थागत) सदनात्मक नृत्य प्रतियोगिता हुनेछ। माघ १० गते अन्तर सदनात्मक कबिता लेखन वाचन,अन्तर विध्यालय नृत्य प्रतियोगिता, स्वर्ण महोत्सव आजिवन सदस्य सम्मान,अक्षयकोष दाता सम्मान,आधारभुत (१-५) मिठाइदौड, म्युजिकल चियर (अभिभावक) अन्तर बिद्यालय आधारभुत हिसाब दौड लगायतका प्रतियोगिता हुनेछ। माघ ११ गते अन्तर बिद्यालय भलिबल प्रतियोगिता (मा वी र प्राबिधिक छात्र छात्रा ) पुर्व बिधार्थी समाज स्मारिका विमोचन, पुर्व बिद्यार्थी समाज गाडी उपहार प्रदान गर्ने महानुभावलाइ सम्मान कार्यक्रम,पब्लिक पुर्व बिद्यार्थी पुनर्मिलन कार्यक्रम:वि.स. २०३५ देखी हालसम्म एस.एल.सि प्रथमलाइ सम्मान,
पुर्व बिद्यार्थी र शिक्षक कर्मचारी बिच मैत्रीपुर्ण फुटबल ,
स्वर्ण महोत्सवको अन्तिम दिन माघ १२ गते बिधिवत सरस्वती पुजा, समापन समारोह प्रारम्भ,प्रदर्शन ,अक्षराम्भ ,स्मारिका विमोचन ,प्रधानाध्यापकबाट आर्थिक प्रतिवेदन प्रस्तुत, स्वर्ण महोत्सवका विशिस्ट चन्ददाताहरुलाई सम्मान लगायतका कार्यक्रमहरु सहित पब्लिक माविको स्वर्ण महोत्सव समापन गरिने स्वर्ण महोत्सवका सुचना संचार तथा प्रचार प्रसार संयोजक एवं विद्यालयका सहायक प्रधानाध्यापक इन्द्र प्रसाद तिवारीले जानकारी दिनुभयो।