निबुवाखर्क–रुपन्देही सम्पर्क समाजद्वारा अपांग आश्रममा आश्रितलाई भोजन

मेचीकाली संवाददाता

७ माघ २०७९, शनिबार
303 shares

बुटवल, माघ ७ । निबुवाखर्क–रुपन्देही सम्पर्क समाजले बुटवल–११ देबिनगर स्थित नेपाल अपांग आश्रममा आश्रितलाई खाना खुवाएको छ ।

शनिबार संस्थाको स्थापना दिवसको अबसरमा आश्रममा रहेका ३५ जना अपांग र अशक्तहरुलाई बिहानी खाना खुवाइएको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष सुमित्रा न्यौपानेको अध्यक्षता, संस्थापक अध्यक्ष एकादेब न्यौपानेको प्रमुख आतिथ्याता, निर्वतमान अध्यक्ष ढाकाराम न्यौपानेको बिशष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमका संयोजक नबिन न्यौपानेको स्वागत, नारायण न्यौपानेको धन्यवाद मन्तव्य र सचिव संगित न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । उक्त संस्थाले नियमित रुपमा यस्ता सेवामुलक कामहरु गर्दै आईरहेको छ ।