पब्लिक मा .वि .को स्वर्ण महोत्सवको दोस्रो दिन विविध कार्यक्रम

मेचीकाली संवाददाता

९ माघ २०७९, सोमबार
272 shares


तुलसीराम पौडेल —
सियारी ,माघ ९
रुपन्देहीको सियारी गाउँपालिका -४ छपिया स्थित पब्लिक मा.वि.ले आफ्नो विद्यालयको ५० वर्ष पार गरेको शुभ अवसरमा माघ ८ गतेदेखि संचालित स्वर्ण महोत्सवको दोस्रो दिनको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व शिक्षा मन्त्री वसीउद्दिन खाँले उदघाटन गर्नुभयो ।
त्यसै अवसरमा लुम्बिनी प्रदेशबाट प्राप्त भएको बसलाई
विधिवत पुजा गरि भित्राइएको थियो ।सम्पन्न विविध कार्यक्रम अन्तरगत अन्तर विद्यालय हाजिरी जवाफ ,अन्तर विद्यालय वक्तृत्वकला , ,अन्तर सदनात्मक नृत्य ,अन्तर सदनात्मक हाजिरीजवाफ लगायतका प्रतियोगिताहरु भएका छ्न ।सम्पन्न अन्तर विद्यालय वक्तृत्वकलामा पब्लिक नमुना मा. वि. प्रथम भएको छ ।त्यसै गरि जनता मा. वि. दोस्रो र सस्कार इङलिस स्कुल तेस्रो भएका छन् । सम्पन्न अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा दुर्गा मा.वि. प्रथम भएको छ भने सस्कार इङलिस स्कुल दोस्रो र पब्लिक नमुना मा.वि. तेस्रो भएको छ। सम्पन्न अन्तर सदनात्मक नृत्य प्रतियोगितामा माछापुच्छ्रे सदन पहिलो , अन्नपूर्ण सदन दोस्रो र धौलागिरी सदन तेस्रो भएका छ्न । सम्पन्न अन्तर सदनात्माक हाजिरी जवाफ प्रतियोगितामा माछापुच्छ्रे सदन पहिलो ,सगरमाथा सदन दोस्रो र तेस्रो अन्नपूर्ण सदन भएका छ्न । कार्यक्रममा विद्यालयको स्थापना भएदेखि हालसम्म भएका विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व शिक्षा मन्त्री वसिउद्दिन खाँको प्रमुख आतिथ्यतामा तथा विद्यालयका सहायक प्रधानाध्यापक इन्द्र प्रसाद तिवारीको संचालनमा सम्पन्न भएको हो ।