स्वर्ण महोत्सवमा आजिवन सदस्यलाई सम्मान

मेचीकाली संवाददाता

१० माघ २०७९, मंगलवार
309 shares


तुलसीराम पौडेल —
सियारी, माघ १०
रुपन्देहीको सियारी गाउँपालिका -४ छपिया स्थित पब्लिक नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमको तेस्रो दिन मंगलवार आजिवन सदस्य सम्मान तथा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छ्न ।जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले कार्यक्रमको उदघाटन गर्नु भएको थियोे ।अवसरमा बोल्दै उहाँले विद्यालयलाई जिल्ला समन्वयबाट हुने सहयोगमा कमि नहुने बताउनु भयो । कार्यक्रममा स्वर्ण महोत्सवका आजिवन सदस्यहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंद्वारा प्रशन्सा पत्र वितरण गरि सम्मान गरिएको थियो । विविध प्रतियोगिता अन्तरगत सम्पन्न अन्तर मावी नृत्य प्रतियोगितामा सन्तज्योती इङलिस स्कुल प्रथम भएको छ ।त्यसै गरि पब्लिक नमुना मावी दोस्रो र सस्कार इङलिस स्कुल तेस्रो भएको छ।
अन्तर मावी छात्रा भलिबल प्रतियोगितामा पब्लिक ए र पब्लिक बि सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्यसै गरि सदनात्मक कविता लेखन प्रतियोगितामा अन्नपूर्ण सदन पहिलो ,सगरमाथा सदन दोस्रो र तेस्रो भएका छन् । स्वर्ण महोत्सव अन्तरगत माघ ११ गते बुधबार अन्तर विद्यालय भलिबल प्रतियोगिता ,पुर्व विद्यार्थी समाज स्मारिका विमोचन ,पुर्व विद्यार्थी समाज गाडी उपहार प्रदान गर्ने महानुभावलाई सम्मान कार्यक्रम ,पब्लिक पुर्व विद्यार्थी मिलन कार्यक्रम ,२०३५ देखी हालसम्म एसएलसी प्रथमलाई सम्मान ,पुर्व विद्यार्थी र शिक्षक कर्मचारी बिच मैत्रीपुर्ण फुटबल हुने स्वर्ण महोत्सव प्रचार प्रसार संयोजक तथा सहायक प्रधानाध्यापक इन्द्र प्रसाद तिवारीले जानकारी दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक डिलाराम खनालको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक षडानन्द शर्मा गौतमले गर्नुभएको थियो ।