

सुनिल आचार्य
कपिलवस्तु । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तुको तौलिहवामा दुई दिने मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरुको अभिवृद्धि तालिम सुरु भएको छ । उक्त तालिमको उद्घाटन सत्रमा कपिलबस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताले मानव अधिकार र कानुनी विषयका बारेमा बुझ्दै जाने क्रम रहेको हुँदा यस तालिमबाट धेरै बिषयबस्तुहरु सिक्ने अवसर पाउने बताइन् ।
मायादेवी गाउँपालिकाका उपाध्यक्ष सरस्वती यादवले मानव अधिकारसम्बन्धी तालिमले हामी जनप्रतिनिधिहरुलाई मानव अधिकारका सवालमा झकझकाउन सहज हुने बताइन् ।
जिल्ला अदालत कपिलवस्तुका श्रेष्तेदार सुमन पाण्डेले मानव अधिकार, मौलिक हक, न्यायिक समितिको काम कर्तव्य अधिकारका विषयमा सहजीकरण गर्दै कानुनमा टेकेर मात्र निर्णय गर्न न्यायिक समितिलाई सुझाव दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कपिलबस्तुका प्रमुख शैलेश्वरी वोहोराले महिलासँग सम्बन्धित कानून घरेलु हिंसा, बहु विवाह, बाल विवाहलगायतका कानुनी विषयमा सहजीकरण गरेक ाथिए ।
यसैगरी वरिष्ठट मानव अधिकारकर्मी पोमनारायण पौडेलले मानव अधिकार जन्मसिद्ध अधिकार भएको हुँदा यसलाई जो कसैले पनि हरण गर्न नमिल्ने बताए । उनले आर्थिक, सामाजिक, सास्कृतिक अधिकार र उपभोक्ताको अधिकारको विषयमा सहजीकरण गर्दै मानव अधिकारको संरक्षण सम्बद्र्धन र प्रवद्र्धनको लागी राज्यले ग्यारेण्टी लिनुपर्ने बताए ।

इन्सेकका लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम संयोजक सरस्वती मल्लले तालिमको उद्देश्यमाथि प्रकाश पार्दैै इन्सेकले मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समय सम्म काम गर्दै आएको बताइन् । मानव अधिकारको अभियान निरन्तर चलिरहने अभियान भएको हुँदा स्थानीय समुदायलाई सचेत बताउँदै राज्यका हरेक निकायलाई जवाफदेही बनाउनको लागि विभिन्न गाउँपालिका तथा नगरपालिकामा संगठित गर्दै मानव अधिकार सुनिश्चित गराउन यो तालिमको आयोजना गरिएको बताइन् ।
मानव अधिकार समूह कपिलवस्तुकी अध्यक्ष पुष्पा रेग्मीले महिला बालबालिकाको क्षेत्रमा विगत देखि नै निरन्तर काम गर्दै आएको हुँदा यस तालिमले थप उर्जा मिल्लने बताइन् ।
मानव अधिकार समूह मायादेवीका सयोजक सतिषकुमार पाण्डेयले ग्रामिण भेगमा अहिले पनि मानव अधिकारको बारेमा अनविज्ञ रहेको हँुदा नागरिकहरुले आफ्नो अधिकार केहो भन्ने बारेमा आवाज उठाउन नसेको हुदा नागरिकको हक अधिकारकोलागि मानव अधिकार समूह गठन गरी मानव अधिकारको अभियान सञ्चालन गरिएको बताए ।
तालिममा न्यायिक समितिका पदाधिकारहरु मोहनलाल शर्मा र रामगोपाल यादव, स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता, महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सरोजा चौधरी, मानव अधिकार समूहका पदाधिकारी, गैसस महासंघका अध्यक्ष प्रविणकुमार श्रीवास्तव, मानव अधिकार समुह वाणगंगाका पूर्व संयोजक इन्दीरा पन्थलगायत विभिन्न संघसस्थाका प्रतिनिधि, पत्रकारहरुको सहभागीता रहेको थियो ।
दुई दिनसम्म सञ्चालित तालिममा इन्सेक अभियान र मानव अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र उपभोक्ता अधिकार, मानव अधिकार मौलिकहक र न्यायिक समितिको काम कर्तव्य अधिकार, लैगिंक हिंसा र यसको कानुनी प्रावधान वर्तमान अवस्था, नगरपालिकामा शिक्षा, स्वास्थ्य, बातावरण र लैगिक हिंसा विरुद्ध बनेका ऐन, मानव अधिकार समुहको आचारसहिंताको विषयमा सहजीकरण गरिने इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले बताइन् ।