नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितीको वैठक माघ २७ र २८ गते रुपन्देहीमा

मेचीकाली संवाददाता

१४ माघ २०७९, शनिबार
233 shares

बुटवल । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितीको वैठक गर्ने भएको छ ।

संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले दिएको जानकारी अनुसार संगठनको केन्द्रीय कार्य समितिको बैठक रुपन्देहीमा बस्ने भएको छ । दुई दिन बस्ने वैठकको पुर्व सन्ध्यामा माघ २६ गते संगठनको सचिवालय वैठक समेत बस्ने गरी संगठनको केन्द्रीय पदाधिकारीको वैठकबाट निर्णय भएको बताईएको छ ।

नेकपा एमालेनिकट मानिने उक्त संगठनको वैठकमा सहभागी हुन १६८ जना केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यका साथै विभिन्न आयोगका संयोजक एवं सम्पुर्ण प्रदेश कमिटीका अध्यक्षहरु रुपन्देही आउन लागेको संगठनका केन्द्रीय सदस्य एवं रुपनन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले जानकारी दिए ।