शुद्दोधन जेसिसको चौथो पद हस्तान्तरण

मेचीकाली संवाददाता

१४ माघ २०७९, शनिबार
290 shares

फर्साटिकर ,माघ १४
शुद्धोधन जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।शनिबार रिद्धिसिद्धी पार्टी प्यालेसमा आयोजित कार्यक्रमको उद्घाटन पुर्व गृहमन्त्री बालकृष्ण खाडले उद्घाटन गर्नुभयो ।कार्यक्रममा बोल्दै खाडले सामाजिक क्षेत्रमा योगदानका निम्ति जेसिजको भुमिका महत्त्वपूर्ण भएको बताउनुभयो ।
उहाले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा शुद्धोधन जेसिजका २०२२ का अध्यक्ष मुकेश कुवरले ०२३ का अध्यक्ष धनराज कडेललाई पद हस्तान्तरण गर्नुभयो । पद हस्तान्तरण पश्चात् अध्यक्ष सहित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरुमा प्रविनराज भण्डारी,रवि रोका,सागर खनाल र नारायण घिमिरे,कार्यकारिणी उपाध्यक्षमा नविन क्षेत्री,यज्ञराज आचार्य महासचिवमा विजय पराजुली,कानुनी सल्लाहकार राहुल खनाल,कोषाध्यक्षमा इ.सन्दिप बोहरा,अध्यक्ष प्रमुख सल्लाहकारमा रुपा पराजुली डुम्रे सर्वसम्मतले निर्वाचित भएका छन।
कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल ,संस्थापक अध्यक्ष रमेश खनाल,जेसिज राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जीवन कार्की,मातृ शाखा भलवारी जेसिजका इ.गोबिन्द पङ्गेनी,पुर्व अध्यक्ष चुडामणि डुम्रे लगायतले बोल्दै नया कार्यसमितिलाइ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यस्तै जेसिजले विभिन्न विधाका अवार्डमा विभिन्न व्यक्तिहरुलाइ सम्मान समेत गरेको थियो भने
कार्यक्रमको संचालन २०२२महासचिव महेन्द्र गौतम र २०२३ महासचिव विजय पराजुलीले गर्नुभयो ।