कर्मचारी संगठनद्धारा संयुक्त प्रारम्भिक कमिटी गठन

मेचीकाली संवाददाता

१५ माघ २०७९, आईतवार
221 shares

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले उच्च अदालत तुल्सीपुर बुटवल ईजलाश र उच्च सरकारी वकिल कार्यालय, बुटवलको संयुक्त प्रारम्भिक कमिटी गठन गरेको छ ।

उच्च सरकारी वकिल कार्यालयका नायब सुब्बा देविराम बन्जाडेको अध्यक्षतामा ९ सदस्यीय प्रारम्भिक कमिटी गठन भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका सदस्य बुद्धिराम पराजुलीले जानकारी दिए ।

जसको सचिबमा उच्च अदालत तुुल्सीपुर बुटवल ईजलाशबाट माहाशर्मा भण्डारी रहेका छन् । त्यस्तै सदस्यहरुमा राधा पराजुली, माया रेग्मी, सिर्जना आचार्य, पार्वती के।सी, पुनम जि।सी। सिर्सिया न्यौपाने चयन भएका छन् भने एक सदस्य पछि मनोनित गरिने नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय परीषद सदस्य टंकनाथ शर्मा आचार्यले जानकारी दिए।

नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य काशिराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि आचार्यले यो सगठनले कर्मचारीको हक हितको लागि काम गर्ने बताए।

निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षता तथा सदस्य गोपाल ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा नव निर्वाचित अध्यक्ष देविराम बन्जाडे लगायतले कर्मचारीको क्षमता बिकासको लागि संगठनले सधै अग्रपंक्तिमा रहेर काम गर्ने बताएका थिए।