जन्मदिनमा शैक्षिक सामग्री प्रदान

मेचीकाली संवाददाता

१६ माघ २०७९, सोमबार
287 shares

बुटवल । जन्मदिन अर्थात ‘बर्थ डे’ मनाउने चलन नेपालमा त्यति पुरानो नभएपनि आजकल अत्यन्तै चल्तीमा रहेको छ । पश्चिमा मुलुकबाट नेपाल भित्रीएको ‘बर्थ डे’ खासगरी बालबालिका, किशोर–किशोरी, युवा पुस्ता हुदैं वृद्धवृद्धासम्म पुगेको छ ।

तर, जन्मदिन मनाउने शैली भने फरक फरकका छन् । पछिल्लो समय अधिकांशले जन्मदिन होटल तथा रेष्टुरेन्टमा भड्किलो खर्च गरी अनाबश्यक भोजभतेर र केक काटेर मनाउने प्रचलन बढ्दै गइरहेको छ । भने कसैले सामाजिक क्षेत्रमा योगदान दिने गरेका छन् ।

यसैबीच गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी एक शिक्षिकाले भने विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेर आफ्नो जन्मदिन मनाएकी छिन् । वाग्ला माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षिका सीता घिमिरेले आफू र आफ्नो श्रीमान देविराम घिमिरेको जन्मदिनमा सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्रा समिक्षा गिरीलाई आइतबार विद्यालय पोशाक, एक दर्जन कापि र पेन्सिल प्रदान गरेकी हुन् ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा एकजनालाई भएपनि सहयोग गर्ने उदेश्यले शैक्षिक सामग्री प्रदान गरेको घिमिरेले बताइन् । आजकल जन्मदिन, बैवाहीक वर्षगाँठ, पास्नी, बिवाह जस्ता अवसरमा समाजमा रचनात्मक काम गर्नेहरु बढेको पाहिन्छ ।