तुलसीराम पौडेल —
फर्साटिकर, माघ १६
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ रमवापुरमा स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको १९औ वार्षिकोत्सब तथा क्याम्पस सभा सम्पन्न भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अब्दुल रज्याकले वार्षिकोत्सब तथा क्याम्पस सभाको एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै रज्याकले देशमा बेरोजगारी हटाउन
प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो । राजनैतिक दलहरु अन्य राजनैतिक मुद्धा छोडेर अब शिक्षा स्वास्थ्य र रोजगारका लागि राजनीति गर्नुपर्ने वताउनुभयो। नेपालमा प्राकृतिक स्रोतहरु पर्याप्त भएपनि उपयोग हुन नसकेको बताउदै प्राकृतिक स्रोत साधनको प्रयोग गरी देशलाई समृद्धि बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
प्रमुख अतिथी समेत रहनु भएक रज्याकले दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै दक्ष जनशक्ति उत्पादन तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुपभयो।
उहाले क्याम्पसलाई प्रदेशको तर्फबाट आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै रुपन्देही समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले सञ्चालक समिती, अभिभावक,प्राध्यापक तथा विद्यार्थी लगायत सबैको समन्वयले मात्र क्याम्पसको हरेक क्षेत्रको विकास हुने बताउनुभयो ।
उहाले क्याम्पसको भौतिक प्रगति बिस्तारै सुधार हुँदै गएको बताउदै अन्य पक्षहरुको पनि सुधार गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका अध्यक्ष रमेश खनालबाट अध्यक्ष प्रतिवेदन ,क्याम्पस प्रमुख टंक प्रसाद पौडेलबाट वार्षिक प्रतिवेदन प्रस्तुत र संचालक समिति सदस्य धनराज कंडेलबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पुर्व संचालक समितिका पदाधिकारीहरु, विसयगत १००% नतिजा ल्याउन सफल गराउने प्राध्यापकहरु ,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु, विभिन्न खेलकुद प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।
क्याम्पस संचालक समितिका अध्यक्ष रमेश खनालको अध्यक्षता, उपाध्यक्ष नवलराज भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य सोनिया यादव ,पुर्व लुम्बिनी सभा सदस्य पुस्पा चौधरी , शुद्दोधन गाउँपालिका प्रबक्ता एव वाड नम्बर -४ का अध्यक्ष केशव अधिकारी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई ,क्याम्पसका सस्थापक अध्यक्ष सोमनाथ शर्मा,पुर्व अध्यक्ष मणिप्रसाद खनाल ,पुर्व उपाध्यक्ष शेर बहादुर काफ्ले , ,पब्लिक प्राध्यापक संघ इकाइ सभापति दिपक काफ्ले, स्ववियु अध्यक्ष शम्भु चौधरी ,राप्रपा रुपन्देही उपाध्यक्ष अजय गुप्ता,पुर्व क्याम्पस प्रमुख खगुपति न्यौपाने ,माओवादी शुद्धोधन अध्यक्ष रुक्मागत खनाल, , काङ्ग्रेस शुद्धोधन उपसभापति ढागेप्रसाद चौधरी लगायतले बोल्दै क्याम्पसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख भेषराज ढकालले गर्नुभएको थियो।