मायादेवीमा अध्यक्ष कप T 20 क्रीकेट प्रतियोगिता शुरु

मेचीकाली संवाददाता

१७ माघ २०७९, मंगलवार
336 shares


तुलसीराम पौडेल —
मायादेवी , माघ १६
रुपन्देहीको मायादेवी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सोमबारदेखि पालिका स्तरीय दोस्रो अध्यक्ष कप T20 क्रीकेट प्रतियोगिता मायादेवी -३ बरेवा केनौली खेलमैदानमा शुरु भयो।मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले क्रीकेट प्रतियोगिताको एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा गाउँपालिकाले खेलकुद कार्यक्रमलाई प्राथमिकतासाथ सहयोग गर्ने बताउनु भयो
अध्यक्ष कप T20 क्रीकेट प्रतियोगिता अन्तरगत सोमबार पहिलो चरणमा मायादेवी वडा नम्बर -१ र वडा नम्बर ३ बीच भएको क्रीकेट प्रतियोगितामा वडा नम्बर -३ विजयी भएको छ।त्यसै गरि दोस्रो चरणमा वाड नम्बर -७ र ५ बीच भएको प्रतियोगितामा वाड नम्बर -७ विजयी भएको छ। मंगलवार प्रहिलो चरणमा वाड नम्बर २ र ४ बिच प्रतियोगिता हुनेछ भने दोस्रो चरणमा वाड नम्बर ६ र ८ बीच प्रतियोगिता हुनेछ। माघ १६ गतेदेखि संचालन भएको क्रीकेट प्रतियोगिता माघ २० गतेसम्म हुने गाउँपालिका योजना प्रमुख निरन्जन गुप्ताले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक तथा मायादेवी गाउँपालिका प्रवक्ता एवं वाड नम्बर -७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेको अध्यक्षता ,मायादेवी गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछानेको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन शिक्षा शाखा प्राविधिक मधुसुधन बेलबासेले गर्नु भएको थियो ।