व्यापार घाटा र युवा जनशक्ति विदेशिनु मुख्य चुनौती: उद्योगमन्त्री भण्डारी

मेचीकाली संवाददाता

१७ माघ २०७९, मंगलवार
215 shares

पार्वती आचार्य
कपिलवस्तु । व्यापार घाटा र नेपालका युवा जनशक्ति विदेशिनु देशको मुख्य चुनौति भएको उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । १३ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगीक प्रर्दशनी समारोहको समुद्घाटन गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

मुलकमा अर्थतन्त्रका कारण सबै क्षेत्र नेपालको मुख्य चुनौती व्यापार घाटा र नेपालको युवा जनशक्ति विदेशिनु मुख्य चुनौती रहेको बताउँदै त्यसका लागि अहिलेको सरकार बलियो विश्वासका साथ समाधान गर्नेतर्फ लाग्ने बताए । नेपालका साना तथ मझौला उद्योगहरु अहिले समस्यामा परेको हुँदा नीतिगत व्यवस्थामार्फत समाधान गर्ने मन्त्री भण्डारीले बताए ।
यस्तै सरकारले निजी क्षेत्रका समस्या र चुनौतिहरुको समाधान गर्न लागेको मन्त्री भण्डारीले बताएका छन् । चर्को व्याजदरको मारमा परेका उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुगर्नेमा जोडदिए ।

भूकम्प र कोरोनापछि पछिल्लो १८ महिना चर्को व्याजको मारमा निजीक्षेत्र परेको भन्दै यसको समाधानमा सरकार लाग्ने बताए । कपिलवस्तु बुद्धको पावन भुमी कृषिको उर्बरभुमी भएको हुँदा कृषि र पर्यटनमार्फत यहाँको विकास सम्भव रहेको बताए ।
नेपालको जनशक्तिलाई सम्बोधन आवश्यक देखिएको बताउँदै चुनौतिहरुलाई सामना गर्न सरकारले समस्याहरुलाई सामना गरेर ढोका खोल्न जरुरी रहेको बताए । निजी क्षेत्रलाई प्रोत्साहन नगरी नेपाललाई उकास्न नसकिने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क अध्यक्ष चण्डिराज ढकालले यस क्षेत्रको कला संस्कृतिलाई जर्गेर्ना गर्न सके कपिलवस्तुको गरिमा बढ्ने बताए । देशका विभिन्न उद्योगहरु बन्द हँुदै जाँदा युवा शक्ति पलाएन हुने क्रम बढ्दै गएको भन्दै यसले देशको विकासमा समेत बाघा पु¥याउने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालको आर्थिकको पुनरावृत्ति गर्न आवश्यक भएको बताए । राष्ट्रियसभा सदस्य विमला घिमिरेले कृषि, पर्यटनको हिसावले यस जिल्लालाई चिनाउन खोजेको बताउँदै यस कपिलवस्तु जिल्लाको बिकासको लागि दल भन्दा माथि उठेर कार्य गर्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा पूर्वमन्त्री एवं क्षेत्र नं २ का सांसद सुरेन्द्रराज आचार्य, क्षेत्र नं १ का सांसद बलराम अधिकारी, नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष डम्मर शर्मा, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याललगायतले मन्तव्यसहित महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरको स्वागत तथा महासचिव मनोज पौडेलको सञ्चालन रहेको थियो ।