त्रीवेणी आधारभुत विद्यालयको १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस

मेचीकाली संवाददाता

१८ माघ २०७९, बुधबार
452 shares


तुलसीराम पौडेल —
सियारी, माघ १७
रुपन्देहीको सियारी गाउँपालिका -७ गोठवा स्थित त्रीवेणी आधारभुत विद्यालयको १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मंगलबार सम्पन्न भयो।लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व शिक्षा मन्त्री वसिउद्दिन खाले वार्षिकोत्सबको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले त्रीवेणी आधारभुत विद्यालयको लागि आवश्यक पर्ने बस लगायत सम्पूर्ण चिजको उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा समन्वय इकाई रुपन्देही का प्रमुख दिपेन्द्र ढकालले बालबालिकाको प्रथम पाठशाला घर र शिक्षिका आमा भएकोले बालबालिकाको चौतर्फी विकासको जग अभिभावक भएको बताउनु भयो। यो विद्यालय भावना सग जोडिएको र कर्ममा अब्बल दर्जाको विद्यालय भएको , समय र परिस्थिति अनुसार विद्यालयलाई अगाडि बढाउन सक्षम नेतृत्व भएको भन्दै प्रधानाध्यापकको प्रसंशा गर्नुभयो ।सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले विद्यालयको समग्र हितको लागि गाउँ पालिकाले जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो ।विज्ञान प्रदर्शनी अन्तरगत विद्यार्थीले ड्रन उडाएका थिए ।त्यसै अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद थारुको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य एवं पुर्व शिक्षा मन्त्री वसिउद्दिन खा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिवहरु थानेश्वर ज्ञवाली ,मनोज गैरे सियारी गाउँपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेल ,शिक्षक महासघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद लम्साल ,सस्थापक भरत अर्याल ,सल्लाहकार विनोद कुमार साहनी ,पब्लिक माविका प्रधानाध्यापक डिलाराम खनाल ,विरेन्द्र माविका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरी ,जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक ॠषिराम घिमिरे ,दुर्गा माविका अध्यक्ष खेमराज गुरुङ र समाजसेवी सुन्दर प्रसाद गुप्ता लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।विद्यालयका प्रधानाध्यापक मथुरा यादवको वार्षिक प्रतिवेदन रहेकोे कार्यक्रमको सन्चालन राजकुमार थारुले गर्नुभएको थियो ।