अगरवत्ती बनाउने तालिम सम्पन्न

मेचीकाली संवाददाता

१८ माघ २०७९, बुधबार
323 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. १ का महिला दिदीबहिनीहरुका लागि ३ दिने अगरवत्ती बनाउने तालिम सम्पन्न भएको छ । सिद्धिपुर सामाजिक महिला बिकास संस्थाको आयोजना तथा बाणगंगा नगरपालिका वडा नं. १ को सहयोगमा उक्त तालिम जितपुरमा सम्पन्न भएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले तिन दिन सम्म सिकेको सिपलाई उद्यमशिलतामा लैजान आग्रह गर्नुभयो । उहाँले आर्थिक अभावका कारण धेरै महिला दिदी बहिनीहरुले बिभिन्न हिंसाहरु सहन पर्ने भएको हुँदा सानो भएपनि व्यवसाय गर्न सके आर्थिक हिंसाको पीडा महिलाहरुले भोग्नु नपर्ने बताउनु भयो ।

नगरपालिका र वडाले महिलाहरुलाई लक्षित गरेर हरेक वर्ष बिभिन्न सिपमुलक तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ । तर तालिम पश्चात केहीले मात्र सिपलाई व्यवहारमा ल्याएको पाईएको हुँदा तालिममा भाग लिएका सम्पूर्णले सिपको सदुपयोग गर्न आग्रह गर्नुभयो । सिपलाई अगाडी बढाउन अनुरोध गर्दै उत्पादन गरेका सामाग्रीहरुको बजार व्यवस्थापनमा स्थानिय सरकार तथा नगरपालिकाले सहयोग गर्ने उपमेयर चौधरीले प्रतिवद्धता जनाउनु भयो ।

तालिमको समापन कार्यक्रममा वडा नं. १ का वडा सदस्य सिता सुनारले वडाको महिला लक्षित बजेटबाट महिलाहरुलाई व्यवसायी बनाउन र आत्मनिर्भर बनाउनकालागि वडाका ३२ जना महिलाहरुलाई छनोट गरी तालिममा सहभागिता गराईएको बताउनु भयो । अगरवत्ती बनाउने कार्य घरमा बसेरै गर्न सकिने भएको हुँदा तालिम पश्चात सिपलाई व्यवहारमा ल्याउन आग्रह गर्नुभयो ।

यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुसिला पन्तले महिला दिदी बहिनीहरुले सिप सिक्नु आफैमा गौरवको बिषय हो तर त्यसको सदुपयोग गरी आफूलाई उद्यमी बनाउन सक्नु ठुलो चुनौति भएको बताउनु भयो । धेरै दिदी बहिनीहरुलाई सिप सिकाएर उत्पादित सामाग्रीहरुको बिक्रि बितरणको ग्यारेन्टी गर्दा समेत सिपको सदुपयोग गर्ने जाँगर नगर्नु दुखको बिषय भएको बताउनुभयो । आफूले सिकेको सिपलाई आफ्नो घरमा बसेर प्रयोगमा ल्याई महिला उद्यमी बन्न आग्रह गर्नुभयो ।

यसैगरी इन्सेक जिल्ला प्रतिनिधी तथा संचारिका समूहका अध्यक्ष पार्वती आचार्यले महिला दिदी बहिनीहरुले सिकेको सिपलाई उद्यमशिलतामा लैजान आग्रह गर्नुभयो । महिला दिदीबहिनीहरु आर्थिक रुपमा सवल हुन सके आर्थिक हिंसा भोग्न नपर्ने बताउनु भयो ।

तिनदिन सम्म तालिममा सहभागिहरुलाई सृजना अधिकारी र पुनम श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । अगरवत्ति जिकेट पाउडर र कोईलाको धुलो मिसाएर बनाईन्छ । सहभागिहरुले आफूले सिकेको सिपलाई व्यवहारमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

तालिम संस्थाका अध्यक्ष सितादेवी न्यौपानेको अध्यक्षता तथा संस्थाका सचिव नमूना पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।