प्रेस चौतारीको स्थापना दिवसमा चेतनामुलक कार्यक्रम

मेचीकाली संवाददाता

२३ माघ २०७९, सोमबार
223 shares

मुक्ति न्यौपाने
वालिङ । प्रेस चौतारी नेपालको२५ औं स्थापना दिवस उपलक्ष्यमा स्याङ्जाको वालिङमा चेतना मुलुक कार्यक्रम सन्चालन गरेको छ ।

२०५५ सालमा स्थापना भएको प्रेस चौतारी नेपालले आइतबार देशभर विभिन्न कार्यक्रम गरी २५ औं दिवस मनाइ रहेको अबस्थामा वालिङमा भने फरक तरिकाले मनाएको आयोजकको दाबी छ । दिवसका अवसरमा प्रेस चौतारी स्याङ्जा शाखाले मोटरसाइकलको सोलो रेस प्रतियोगिता आयोजना गरी मनाएको छ । सवारी दुर्घटना न्युनिकरणमा टेवा पु‍र्‍याउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको स्याङ्जा शाखाले जनाएको छ ।

दुरत गतिका कारण धेरै दुर्घटनाहरु हुने गरेकाले मोटरसाइकलको गति सीमित गर्न आवस्यक रहेको सन्देश दिने उद्देश्यले सोलो रेस प्रतियोगिताको आयोजना गरेको प्रेस चौतारी स्याङ्जा शाखाका अध्यक्ष शुशिल सुवेदीले बताए ।
जनचेतनामूलक कार्यक्रम गरी स्थापना दिवस मनाउने हेतुले मोटरसाईकल सोलो रेस प्रतियोगिता मार्फत सचेतना जगाउने प्रयास गरिएको अध्यक्ष सुवेदीले बताए ।

प्रतियोगितामा ४४ जना सहभागी रहेका थिए । २ सय मिटरको दुरीमा गरिएको प्रतियोगितामा प्रथम आकाश परियार, द्वितीय अंकित श्रेष्ठ र तृतीय समिर श्रेष्ठ विजय भएका थिए । कार्यक्रममा पूर्व मन्त्री तथा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले दुर्घटना न्युनिकरणमा टेवा पुर्‍याउने उद्देश्यले प्रेस चौतारीले आयोजना गरेको कार्यक्रम निकै प्रशन्सनिय रहेको बताइन ।

धेरै दुर्घटना मानवीय लापर्वाहीका कारण हुने हुँदा यस्ता कार्यक्रमले जनचेतनामा सहयोग पुगनुको साथै सवारी जोखिमलाई कम गर्न सकिने दावी गरिन । कतिपय दुर्घटना हामी स्वयंमको लापरबाहिका कारण हुने गरेको पूर्व मन्त्री अर्यालले भनिन । साथै उहाँले पत्रकारिता माथिको आम नागरिकको विश्वास जीवित राख्नका लागि पत्रकारिता जगतलाई सिर्जनशीलताका साथ अगाडि बढाउन आवस्यक रहेको बताएकी छन् ।

प्रतियोगितामा प्रथम हुनेले ३ हजार नगदसहित बुलोटुथ वाला यामाहाको हेलमेट तथा टिसर्ट प्राप्त गरेका छन् । यसैगरी द्वितीयले २ हजार नगद टिसर्ट र तृतीयले १ हजार नगद, टिसर्ट र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता लाई सफल पार्नको वडा प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय वालिङ र शसस्त्र गुल्मले प्राविधिक व्यवस्थापनमा सहयोग गरेको थिए ।