

नेत्र गैरे
पाल्पा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस तथा पाल्पा शाखाको साधारणसभा रानीमहल दरवार परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताए । सांसद आचार्यले रानीमहल सहित पाल्पामा धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरु, महत्वपूर्ण लेकहरु पनि रहेकोले ती क्षेत्रहरुको उचित प्रचारप्रसार गर्दै पर्यटन प्रवर्धनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए ।
नेकपा एमाले पाल्पाका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले पत्रकारिताको माध्यमबाट प्रेस चौतारीले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष घिमिरेले पत्रकारिता क्षेत्रले समयसापेक्ष प्रविधि र आम पाठक स्रोताको आवश्यकता अनुसार विषय वस्तुहरुलाई उठान गर्नुपर्नेमा जोड दिए ।

प्रेस चौतारी नेपालका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदीप आचार्यले जनभावनाका सवाललाई उठान गर्दै ब्यवसायिक पत्रकारिता बनाउने योजना अनुरुप प्रेस चौतारी लागिपरेको बताए । उनले रानीमहल आफैमा ऐतिहासिक स्थल रहेकोले रानीमहल र लुम्बिनीको ऐतिहासिक महत्वलाई जोडेर प्रचार प्रसार गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, खेम बहादुर सारु, इन्दिरा गहतराजले पत्रकारिता क्षेत्रको विकासका लागि आफूहरुले पनि प्रदेशसभा मार्फत गर्न सक्ने पहल गर्ने प्रतिबद्धता जनाए ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले स्थानीय सरकारले गरेका राम्रा कामहरुको उचित प्रचारप्रसार गर्ने र भएका कमिकमजोरीहरुलाई औल्याइदिनेमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन । माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले स्थानीय सरकार र सञ्चारमाध्यम सहकार्यको आवश्यकता रहेको बताए ।
जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे, रिब्दीकोट गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जिसी, नेकपा माओवादी केन्द्र पाल्पाका सचिव मथुरा ढकाल, राष्टिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कमल पाण्डे, राष्टिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, राष्टिय युवा संघका केन्द्रीय सचिव तुल बहादुर अधिकारी, हुलाक कार्यालय पाल्पाका प्रमुख जयदीप पन्थी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस युनियनका सभापति भरत शर्मा, उद्योग बाणिज्य संघका सचिव बिदुर घिमिरे, पाल्पा व्यापार संघका उपाध्यक्ष विष्णु बहादुर कार्की, निजमति कर्मचारी संगठनका युवराज ज्ञवाली, प्रेस चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशव नेपालले पत्रकारिता क्षेत्रको समयसापेक्ष विकास हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला अध्यक्ष कृष्ण कार्कीले संगठनको काम निरन्तर गरेको बताउदै आगामी दिनमा पत्रकारितालाइ ब्यवसायिक बनाउन लागि पर्ने बताउनु भएको छ । जिल्ला सचिव नारायण न्यौपानेले आगामी दिनमा चौतारी बुलेटिन प्रकासन गर्ने ,घुम्ती बैठक गर्ने , वैदेशिक अध्यन अबलोकन भ्रमण गर्ने योजना रहेको बताउनु भएको छ ।
सो अवसरमा प्रतिनिधि सभा र प्रदेश सभामा पाल्पाबाट निर्वाचित सदस्यहरुलाइ सम्मान पत्रले सम्मान गरेको थियो ।
औपचारिक कार्यक्रमको समापनपछि भएको बन्दसभाले सचिव नारायण न्यौपाने द्धारा प्रस्तुत सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष नेत्र गैरे द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पास गरेको छ । साथै अक्षयकोष पुरस्कार बितरण कार्यविधि २०७९ समेत पास गरेको छ ।
रानीमहल लगायत पर्यटकीय स्थल तथा सम्पदाको संरक्षण र प्रचार प्रसारमा पहल गर्ने , गुरुयोजना अनुरुप कामलाई अघिबढाउनु पर्ने , बिकासमा ढिलाइ गराउने संवद्द निकायलाइ ध्यानाकर्षण गराउन अनुरोध गर्ने , स्थानीय मिडियामा लोककल्याणकारी बिज्ञापन समानुपातिक बनाउनु पर्ने लगायतका ६ बुँदे घोषणापत्र जारी गर्दैे आफ्नो २५ औं स्थापना दिवस तथा शाखा साधारणसभा सम्पन्न गरेको हो ।