रेप्सा महोत्सव मंगलवारदेखी शुरु हुने

मेचीकाली संवाददाता

२३ माघ २०७९, सोमबार
225 shares


तुलसीराम पौडेल –
फर्साटिकर,माघ २३
रुपन्देही स्थित राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय सङ्गठन ( रेप्सा) रुपन्देहीले रेप्सा महोत्सव माघ २४ गते मंगलवारदेखी शुरु गर्ने भएको छ। माघ २४ गतेदेखि संचालन भएको रेप्सा महोत्सव फागुन २७ गते समापन हुनेछ। सो कुरा रेप्सा रुपन्देहीले सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।रेप्सा महोत्सव अन्तगत विभिन्न ४४ इमेन्ठमा विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराइनेछ। छात्र छात्रा तर्फ दौड ,हाइजम्प ,लङजम्प ,शटपुट ,जाभलिङ्ग थ्रो ,भलिबल ,गायन ,नृत्य लगायतका विभिन्न प्रतियोगिताहरु हुनेछ्न ।पत्रकार सम्मेलनमा रेप्सा रुपन्देहीका अध्यक्ष कमल प्रसाद पौडेल ,बरिस्ठ उपाध्यक्ष रिषिराम बस्याल ,उपाध्यक्ष रामकृष्ण खनाल ,सचिव कृष्ण गौतम ,कोषाध्यक्ष विशाल चौधरी थारु,सदस्य विष्णु प्रसाद न्यौपाने ,प्रमुख सल्लाहकार कुलराज शर्मा ,लेखा संयोजक लोक शर्मा बस्याल ,फर्साटिकर सिद्दार्थ बोर्डिङ स्कुलका प्राचार्य डिल्लीराम पौड्याल लगायतको आतिथ्यता रहेकोे थियोे ।