महोत्सव स्टलहरुको अनुगमन गर्दै निमन्त्रणा कार्ड हस्तान्तरण

मेचीकाली संवाददाता

२४ माघ २०७९, मंगलवार
381 shares

पार्वती आचार्य
कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले १३ औं कपिलवस्तु महोत्सबको अवसरमा सम्पुर्ण स्टलहरुको अनुगमन गर्दै निमन्त्रणा कार्ड हस्तान्तरण गरेको छ । ‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने मुल नाराका साथ संचालन हुने १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगीक पर्दशनी २०८० कालागि सहभागिता हुन सम्पूर्णमा निमन्त्रणा गरेको छ ।

कपिलवस्तुको पहिचानको रुपमा रहेको कपिलवस्तु महोत्सव कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ स्थित बुद्ध रंगशालामा संचालन भैरहेको अवसरमा महोत्सव स्टलका व्यापारीहरुलाई उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को संयोजकत्वमा स्टलका सम्पूर्ण व्यापारीहरुलाई निमन्त्रणा दिईएको हो । संघले आउँदो वर्ष अर्थात २०८० साल मंसिर ८ गते देखि १९ गते सम्म बुद्ध रंगशाला जितपुरमा आयोजना गरिने भन्दै उद्योग व्यापार संघले अहिले देखि नै राय सुझाव लिंदै आएको संघका अध्यक्ष पौडेलले बताए ।

निर्धारित समयमा हामिले कसरी महोत्सब सम्पन्न गर्ने भन्ने बिषयमा ध्यान केन्द्रित गर्नुपर्ने छ । सबैका राय सुझाब लिदै अहिलेदेखी नै तयारी गर्न सकियो भने सबैलाइ समेट्न सकिने उद्योग व्यापार संघको भनाई छ । सबैले आआफ्नो राय सुझाब दिनुहुन पनि उद्योग व्यापार सङ्घ कपिलबस्तु सबैसङ्ग अनुरोध गर्दछ । महोत्सब लाई ब्यबस्थित एबम सफल बनाउन केके कुरामा ध्यान दिनु आबस्यक छ सो सम्बन्धमा सबैको राय सुझाब सल्लाह सहयोग साथ र सहकार्यको अपेक्षा उद्योग व्यापार संघ कपिलवस्तुले गरेको छ ।