

तुलसीराम पौडेल —
फर्साटिकर, माघ २५
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.४ सौ फर्साटिकर स्थित लिटल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयमा बुधबारदेखि खेल महोत्सव सुरु भएको छ।
बुधबार नर्सरी देखि ५ कक्षासम्मको छात्रा छात्रको ५० र १०० मिटरको दौड ,आलु दौड,म्युजिकल कुर्ची दौड,कक्षा ६ देखि १० सम्म छात्रा छात्रको बोरा दौड ,१०० र २०० मिटरको दौड कक्षा ११,१२ को १०० र २०० मिटरको छात्रा छात्राको दौड तथा सर्ट पुट प्रतियोगिता सम्पन्न भएको खेल संयोजक रवि केसिले जानकारी दिनुभयो ।
५ दिन सम्म संचालकन हुने कार्यक्रम अन्तरगत मंगलवार निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको थियो । बिहीबार विद्यार्थीहरुको खेलकुद प्रतियोगिता,कार्यक्रमको चौथो दिन २७ गते अभिभावक,शिक्षक तथा पुर्व विद्यार्थीहरुका बिचमा मैत्रीपुर्ण भलिबल प्रतियोगिता तथा अभिभावहरुबिच हन्डीफोर प्रतियोगिता हुने छ।
कार्यक्रमको अन्तिम दिन २८ गते शनिबार खानाका विभिन्न परिकारहरुको खाना महोत्सव,पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रमसहित समापन हुने विद्यालयले जानकारी दिएको छ।