रोजगारदाताहरुसंग अन्तरक्रियात्मक बैठक

मेचीकाली संवाददाता

२६ माघ २०७९, बिहीबार
205 shares

पार्वती आचार्य

कपिलवस्तु । ‘रोजगार विहिन अपांगता भएका व्यक्तिीहरुका लागि उर्जाशिल अवसर’ भन्ने मुलनाराका साथ रोजगारदाताहरुसंग अन्तरक्रियात्मक वैठक सम्पन्न गरिएको छ । बुटवल क्लष्टर फाउण्ड परियोजना द लेप्रोसी मिसन नेपालको आयोजना तथा उद्योग व्यापार संघ कपिलवस्तुको सहकार्यमा बाणगंगा नगरपालिका १ स्थित पिस हिमालय रिसोर्टमा सम्पन्न गरिएको हो ।

बैठकमा फाउण्ड परियोजनाका क्लष्टर म्यानेजर विपिन दासले परियोजनाको बिषयमा जानकारी दिंदै अपांगता भएका व्यक्तिहरुकालाागि यो परियोजनाको शुरुवात गरिएको बताउनु भयो । सन् २०१९ देखि शुरु भएको यस परियोजनाले नेपाल उद्योग बाणिज्य महासंघ र राष्ट्रिय महासंघ नेपालसंग समन्वय गर्दै आईरहेको छ ।

परियोजना संग १८ वर्ष देखि ४५ वर्ष उमेर सम्मका अपांगता भएका व्यक्तिहरुलाई जोड्दै आएको क्लष्टर म्यानेजर दासले जानकारी दिनु भयो । कार्यक्रम देशका ५ वटा जिल्लामा संचालित छ । यस परियोजनाको मुख्य उद्देश्य भनेको अपांगता भएका व्यक्तिहरुले रोजगार पाउनुपर्छ भन्ने हो । अपांगता भएका व्यक्तिहरुलाई विउपूजी सहयोग , रोजगार स्क्रीम र सिपमुलक तालिमको व्यवस्था गरिएको छ ।

परियोजनाका व्यवसाय विकास अधिकृत रमेश पोख्रेलले परियोजनाले रुपन्देही र कपिलवस्तुमा कार्य संचालनबारे जानकारी दिंदै ३ सय ६२ जना अपांता भएका व्यक्तिलाई रोजगारीमा जोडिएको बताउनु भयो । कपिलवस्तुको बाणगंगामा ३७ जना अपांगता भएका व्यक्तिले रोजगारी गर्दै आएको समेत जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले अपांगताहरुकालागि रोजगार सिर्जना गर्न चुनौतिपूर्ण भएको बताउनु भयो । अपांगता सम्बन्धि स्थानिय सरकारले सिपमुलक तालिम तथा कार्यक्रमहरु धेरै संचालन गर्दै आएको छ । आपांगताको क्षेत्रमा काय गर्ने व्यक्तिहरुको तथ्यांक नगरपालिकामा भए पनि उनिहरुले कुन क्षेत्रमा काम गरेको छ भन्ने डाटा नभएको बताउदै समन्वय सहकार्य गर्न आग्रह गर्नु भयो ।

बाणगंगा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले यस नगरपालिकाको वडा नं. ४ , ८ र ३ मा समूह गठन गरी दिगो आयआर्जन गरेको भन्दै द लेप्रोसी परियोजनालाई धन्यवाद दिनु भयो । साथै अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य शाखाबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै द लेप्रोसि नेपालका राष्ट्रिय निर्देशक शोभाखर कडेलले यस संस्थाले समुदायमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आधारित भएर कार्यहरु गर्दै आएको बताउनु भयो । कार्यहरुलाई अगाडी बढाउन नेपाल सरकार र स्थानियतहरुसंग समन्वय गर्दै आएको छ । कुष्ठ रोगका बिरामीहरुलाई कसरी छिट्टो निको बनाउन सकिन्छ भन्ने बिषयमा लागिरहेको कंडेलले बताउनु भयो ।

उद्योग व्यापार संग कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले यस आर्थिक वर्षको असार मसान्त भित्रमा १० जना अपांगता भएका व्यक्तिहरुलाई रोजगारी दिलाउने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य हुमनाथ पौडेल , संघका केन्द्रिय सचिवालय सदस्य टोपनारायण बेल्वासे , अपांग राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष मित्रलाल शर्मा लगाएतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमा उद्योग व्यापार संग कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को अध्यक्षता रहेको कार्यक्रममा व्यवसाय बिकास अधिकृत ढाकाराम अधिकारीको स्वागत मन्तव्य तथा रोजगार परामर्शकर्ता गिता अर्यालको संचालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरी , अपांग राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष मित्रलाल शर्मा , स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल ,उद्योग व्यापार संघका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।