हात्तिपाईले रोग निवारण सम्बन्धि बैठक सम्पन्न

मेचीकाली संवाददाता

२६ माघ २०७९, बिहीबार
292 shares

सुनिल आचार्य

कपिलवस्तु । हात्तिपाईले रोग निवारण सम्बन्धि जिल्ला समन्वय समितीको बैठक कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा सरोकारवालाहरु बिच बैठक सम्पन्न गरिएको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले यस अभियानमा जनचेतना फैलाउन आवश्यक भएको बताउनु भयो । जिल्लामा हात्तिपाईले रोगको निवारणकालागि औषधी सेवन गर्दा आफूबाट शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा पुगेर औषधी सेवन गराउनका लागि सरोकारवालाहरुको समेत अहम भूमिका भएको बताउँदै प्रहरी प्रशासनको समेत पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले यस अभियानलाई सफलपार्न जिल्ला , सम्पूर्ण स्थानियतहका वडाहरु , बिभिन्न संघसंस्थाहरुले घरदैलो कार्यक्रम गरी औषधी सेवन गरे नगरेको अनुगमन गर्नुपर्ने बताउनु भयो । यस्तै उहाँले १५ वर्ष सम्म अभियान संचालन हुँदा पनि नतिजा राम्रो नआउनु दुखको कुरा भएको बताउँदै हात्तिपाईले रोग निवारण गर्न राज्यको ठुलो लगानी खर्चिएको बताउनु भयो ।

नेकपा एमालेका प्रतिनिधी सुशिला दर्लामीले औषधी सेवन गर्न र गराउनका लागि पार्टीको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । फतिमा फाउण्डेसनकी अध्यक्ष रुकैया खातुनले मुश्लिम समुदायमा नागरिकहरुलाई प्रचारप्रसार गरी औषधी सेवनकालागि पूर्ण सहयोग रहने बताउनु भयो ।

यसैगरी इन्सेकसंग आवद्ध मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाहरु मार्फत स्थानियतहमा रहेका महिला संजाल , सहकारी , आमा समूह लगाएतलाई पत्राचार गर्न आग्रह गर्दै आफ्नो क्षेत्रबाट अहम भूमिका रहने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक उमेश घिमिरेले कपिलवस्तुजिल्लामा आम औषधी सेवनको ईतिहास , अभियानका रणनितीहरु लगाएको बिषयमा जानकारी दिनु भयो । २०६३ साल देखि कपिलवस्तु जिल्लामा राष्ट्रिय हात्तिपाईले रोग निवारणकालागि औषधी सेवन अभियान शुरु गरिएता पनि अझै ८.३९ पोजेटिभभिटी रेट देखिएको बताउनु भयो । यस रोगलाई न्यूनिकरण गर्न सबैले एकैपट औषधी सेवन गर्नुपर्ने बताउनु भयो ।

जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा परिवार नियोजन निरीक्षक प्रभास पन्थीको स्वागत मन्तव्य तथा उमेश घिमिरेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रेम बहादुर बस्नेत , जिल्ला समन्वय अधिकारी भूमिराज पोख्रेल , जिल्ला शिक्षा बिकास समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरे , जनस्वास्थ्य प्रमुख अनिरुद्ध श्रीवास्तव , डाक्टर किशोर बञ्जाडे , स्वास्थ्य संयोजक उमेश गुप्ता , गैसस महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तव , नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, महिला मानव अधिकार रक्षक संजाल , बिभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।