गौशालाको लागि महायज्ञ

मेचीकाली संवाददाता

२७ माघ २०७९, शुक्रबार
338 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित खेलमैदानमा श्रीमद् भागवत सप्ताह व्यापि ज्ञान महायज्ञ हुने भएको छ । काफल डाडा स्थित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमले पत्रकार सम्मेलन आयोजना गरी फागुन १ गते देखी ७ गते सम्म वालिङ खेल मैदानमा ज्ञान महायज्ञ सञ्चालन गरिने यज्ञ कार्यसम्पान समितिका संयोजक पुर्व मेयर दिलिप्रताप खाँणले जानकारी दिए ।

घर पालुवा गाइलाइ पछिल्लो समय घर गोठमा गाइपाल्न छोडि छाडा रूपमा छाडिदै आएपछी गाईको संरक्षण गरिदै आएकोमा गाईको पालनपोषणमा समस्या देखिन थालेपछि महायज्ञ आयोजना गर्न लागिएको खाँणले बताए । पछिल्लो समय गाईको महत्व घटदै जानुले गाईलाई छाडा छोड्ने प्रवृत्तिको विकास हुदै आएकोले गाईको संरक्षण गर्नु परेको मानिसको दायीत्व हुन थालेको खाँणले पत्रकार सम्मेलनमा बताए ।

महायज्ञमा प्रखर तात्विक वक्ता पण्डित नेत्रप्रसाद पराजुली बाट मूल पाठ तथा पूजा अर्चना गरिने निर्देशक उपसमितिका हरिहर पाण्डेले जानकारी दिए । वालिङ ८ मा निर्माण गरिएको गौशालाको संरक्षणका लागि महायज्ञ आयोजना गर्न लागिएको यज्ञ व्यवस्थापन समितिले जनाएको छ । हाल गौशालामा १ सय २५ वटा गाईहरु रहेका छन् ।

उक्त माहायज्ञबाट संकलित रकम गौशालामा रहेका गोठ व्यवस्थापन, गाइको स्याहार सुसार साथै कर्मचारीको व्यवस्थापनमा खर्च गरिने छ ।