लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण तथा कानुनी प्रावधान सम्बन्धि सचेतना

मेचीकाली संवाददाता

२७ माघ २०७९, शुक्रबार
299 shares

सुनिल आचार्य

कपिलवस्तु । लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण तथा कानुनी प्रावधान सम्बन्धि सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामिण बिकासका लागि सामाजिक तथा संस्कृतिक सहयोग समाजको आयोजना र कपिलवस्तु नगरपालिका वडा नं. ३ वडा कार्यालय तौलिहवाको सहयोगमा वडा नं. ३ को लक्ष्मी नगरमा सचेतान मूलक कार्यक्रम सम्पन्न गरिएको हो । सचेतना मूलम कार्यक्रममा वडाका ५० बढी महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले कुनै घरका महिला दिदी बहिनीहरुलाई बिभिन्न हिंसाहरुबाट पीडित हुन नपरोस भन्ने उद्देश्यले महिला लक्षित बजेट बिनियोजन गरिएको बताउनु भयो । घर , छिमेकी हुँदै वडालाई अनुसाशित बनाउन सकियो भने संमृद्ध वडा हुने भएको हुँदा यदी कसैमाथि हिंसा भए हिंसा सहेर नबस्न आग्रह गर्नु भयो ।

सहभागिहरुलाई इन्सेक जिल्ला प्रतिनिधी तथा संचारिका समूहका अध्यक्ष पार्वती आचार्यले लैंगिक हिंसा तथा घरेलु हिंसाको न्यूनिकरण र कानुनी प्रावधान लगाएको बिषयहरुमा सहजीकरण गर्नु भएको थियो । ग्रामिण बिकासका लागि सामाजिक तथा संस्कृतिक सहयोग समाजका अध्यक्ष मायाँ ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला वडा सदस्य , युवा सदस्य , समाजसेवी र संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।