लिटलमा खेल महोत्सव अन्तर्गत विभिन्न प्रतियोगिता

मेचीकाली संवाददाता

२७ माघ २०७९, शुक्रबार
190 shares

तुलसीराम पौडेल —
फर्साटिकर, माघ २७

रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित लिटल फ्लावर्समा विद्यालयको आयोजनामा संचालित खेल महोत्सव अन्तरगत विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । खेल महोत्सव अन्तरगर शुक्रबार अभिभावक बीच हण्डिफोर ,भुतपुर्व विद्यार्थीहरुको भलिबल प्रतियोगिता ,माध्यमिक तहका छात्र छात्राको भलिबल ,प्राथमिक तहको लङ्गजम्प ,कोइन रेस ,कप बिल्डिङ प्रतियोगिता सम्पन्न भएको छ।शनिबार खाना महोत्सव ,पुरस्कार वितरण र सास्कृतिक कार्यक्रम गरि समापन हुने विद्यालयका प्राचार्य दिल कुमारी फौदारले जानकारी दिनुभयो ।