गार्गी एकेडेमीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

मेचीकाली संवाददाता

२८ माघ २०७९, शनिबार
159 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शनिबार गार्गी वृहत सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्ष तथा बुटवल उपमहानगरपालिका माध्यामिक शिक्षा शाखा प्रमुख टीकाराम पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै पन्थीले रूपन्देहीका संस्थागत विद्यालयले शैक्षिक विकासमा ठूलो योगदान पु¥याएको बताए । उनले संस्थागत विद्यालयहरूको प्रतिष्पर्धाले गुणस्तरीय शिक्षा अब्बल हुँदै गएको बताए ।

विद्यालयका प्राचार्य भुवन अधिकारीले गुणस्तरीय शिक्षाका कारण संस्थागत विद्यालयमा अभिभावकहरूको रूचि बढदै गएको बताए । संस्थागत विद्यालय नाफामूलक नभई सेवामूलक संस्थाको रूपमा विकास भएको प्राचार्य अधिकारीको भनाइ छ ।
सो अवसरमा गत वर्षको शैक्षिकतर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान, शिक्षक सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका सञ्चालक जीवन अधिकारी, सल्लाहकार राजेन्द्र ढकाल, भरत पाठक, समाजसेवी मनोहर पाठक, भुवनसिंह विश्वकर्मा लगायतले बोलेका थिए । कार्यक्रममा परम्परा र संस्कृति झल्किने, एकल नृत्य, शिक्षिकाहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो । एकेडेमी स्थापनाको छोटो समयमा अभिभावकको रोजाइमा परेको छ । विद्यालयका झण्डै २ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । प्राचार्य भुवन अधिकारीको स्वागत तथा शिक्षक नवराज न्यौपानेको सञ्चालनका कार्यक्रम भएको थियो ।