चारपाला वन उपसमिति एकले ग¥यो रक्तदातालाई सम्मान

मेचीकाली संवाददाता

२८ माघ २०७९, शनिबार
241 shares

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह उपसमिति एकले शनिबार रक्तदातालाई सम्मान गरेको छ । वनले माघ १६ गते आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा टोलाबाट सहभागी ४९ जना रक्तदातालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको हो ।

उपसमितिका अध्यक्ष कुश्माखर पाण्डेले रक्तदातालाई प्रोस्साहन र हौसला बढाउने सम्मान गरिएको बताए । चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगननाथ पौडेलले वनको विकास र संरक्षणमा सबै जुटनुपर्ने बताए ।

बुटवल १२ का निवर्तमान अध्यक्ष दुर्गा सुवेदीले वनका हरेक कार्यक्रम सफल बनाउन सबै जुटनुपर्ने बताए । कार्यक्रमको सञ्चालन उपसमिति सचिव सुनिता गिरीले गरेकी थिइन । वनका १६ वटा उपसमिति समूह रहेका छन् ।