मानवअधिकार समुह कपिलवस्तद्वारा तिलौराकोट स्वास्थ्य चौकीको अनुगमन

मेचीकाली संवाददाता

२८ माघ २०७९, शनिबार
245 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेक संघ आवद्ध मानव अधिकार समुह कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नं. ६ स्थित तिलौराकोट स्वास्थ्य चौकीको अनुगमन गरेको छ । मानव अधिकार समुह कपिलवस्तु नगरपालिकाका अध्यक्ष पुष्पा रेग्मीको संयोजकत्वमा इन्सेक सहजकर्ता/प्रतिनिधी तथा समुहको टोलिले तिलौराकोट स्वास्थ्य चौकीको समस्याहरु पहिचान गर्नका लागि माघ २७ गते स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलिले ०७५ साल माघ देखि सूचारु गरिएको बर्थिङ् सेन्टर संचालन गरिएको तिलौराकोट स्वास्थ्य चौकीमा प्रसव कक्ष तथा सुत्केरी पश्चात सुत्केरीलाई राख्ने भौतिक पूर्वाधारको समस्या , सुत्केरीहरुका लागि कम्वर्ड सौचालयको व्यवस्था नभएको , बर्थिगं सेन्टरमा एम्बुलेन्सको अभाव , भिडियो एक्सरे , गर्भवती जाँच गर्ने छुट्टै कोठाको अभाव , शुद्धपिउने पानीको अभाव , नागरिक वडापत्र नभएको अनुगमनका क्रममा पाईएको अनुगमन टोलिले जनाएको छ ।

स्वास्थ्य चौकीका ईन्चार्ज सुवास चन्द्र यादवले यस स्वास्थ्य चौकीको बर्थिगं सेन्टरकालागि जनशक्तीको अभाव भएको बताउनु भयो । ल्याव परिक्षणका लागि भौतिक संरचना सहितको ल्यावको आवश्कता छ । जनस्वास्थ्य निरीक्षक गोरख नाथ चौधरीले नेपाल सरकारले तोके अनुसारको औषधीहरु भने स्वास्थ्य चौकी तथा बथिंगं सेन्टरमा पूर्ण रुपमा रहेको बताउनु भयो ।

बर्थिङ् सेन्टर संचालन भएको यस स्वास्थ्य चौकीमा बार्षिक २८ जना महिलाहरुले सुत्केरी गराउन आउँछन् तर सुत्केरी पश्चात दिईने प्रोत्साहन भत्ता नगरपालिका देखि ढिला आउने भए पनि सुत्केरीलाई तत्काल दिने व्यवस्था मिलाईएको सिनियर अनमी रिता रानाले बताउनु भयो । मासिक रुपमा १ देखि २ वटा डेलिभरी हुन्छन् १ वटा बेड छन् । सुत्केरी गराउन आउनेको संख्या न्यून भए पनि बर्थिगं सेन्टरकालागि जनशक्ति कमी छ , सुत्केरी गराउन , गर्भवती जाँचगर्न भौतिक पूर्वाधारको समस्या भएको रानाले बताउनु भयो ।

मानव अधिकार समुहका अध्यक्ष पुष्पा रेग्मीले समुहले शिक्षा, स्वास्थ्य, लैंगिक बिभेद र वातावराणको अधिकारको बिषयमा स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकषर्ण गराउनुका साथै अभियानलाई निरन्तरता दिने बताउनु भयो ।

स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी नगर प्रमुखलाई ध्यानाकर्षण गराउने अध्यक्ष रेग्मीले बताउनु भयो । स्थलगत अनुगमनमा इन्सेक प्रतिनिधी पार्वती आचार्य, समुहका उपाध्यक्ष नूर मोहम्मद मुसलमान , सचिव कमलेश त्रिपाठी , कोषाध्यक्ष सरिता कोरी , सदस्य संगिता चौरासिया लगाएतको अनुगमनमा उपस्थित रहेको समूहका सचिव कमलेश त्रिपाठीले जानकारी दिनु भयो ।