सिद्धार्थ माविको ४१ औं वार्षिकोत्सब सम्पन्न

मेचीकाली संवाददाता

२९ माघ २०७९, आईतवार
265 shares


लक्ष्मी पौडेल —
सियारी , माघ २८
रुपन्देहीको सियारी गाउँपालिका – ६ मिलनचोक स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भयो।लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले वार्षिकोत्सब एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य चौधरीले विद्यालयलाई प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुर्व अध्यक्ष ,पुर्व प्रधानाध्यापक , पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष लगायत शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो । द्रुपती अक्षयकोष र दलबहादुर खत्री अक्षयकोषबाट विद्यार्थीहरुलाई रकम वितरण गरिएको थियो भने जिवनधर उपाध्याय अक्षयकोष र पुर्व शिक्षक देव शर्मा स्मृति अक्षयकोष स्थापना गरिएको छ।
कार्यक्रममा विद्यार्थीद्वारा निर्मित शैक्षिक सामाग्री पर्दर्शन ,खाना महोत्सव सम्पन्न हुनुको साथै विभिन्न सस्कृती झल्किने नृत्य प्रदर्शन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमनाथ सापकोटाको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य पुस्पा थरुनी ,जिल्ला समन्वय समितिका प्रमुख दिपेन्द्र ढकाल ,सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरी ,लिग्जा कलेजका प्रमुख लोक शर्मा बस्याल ,मैनहिया माविका प्रधानाध्यापक बिष्णु गौतम , त्रीवेणी आधारभुत विद्यालयका प्रधानाध्यापक मथुरा यादव , सिद्धार्थ माविका निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष कृष्ण नेपाल ,पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र जिसी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।विद्यालयका प्रधानाध्यापक सन्तोष रानाबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,सहायक प्रधानाध्यापक पार्वती सुवेदी सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन दिपक देवकोटाले गर्नुभएको थियो ।