नेपाल स्काउट लुम्बिनी प्रदेशद्धारा नुवाकोटमा ‘एडभेन्चर क्याम्प’ सम्पन्न

मेचीकाली संवाददाता

३ फाल्गुन २०७९, बुधबार
290 shares

बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा पाल्पास्थित नुवाकोटमा दुई दिने एडभेन्चर क्याम्प सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हाइकिङ, रोप प्याराजन, नटिङ, अस्थायी क्याम निमार्ण, सरसफाई लगायतका कार्यक्रमहरु गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले स्काउट स्वयम सेबिकाको रुपमा आफुलाई स्थापित गर्ने संस्था रहेको भन्दै यसको मर्म अनुसार सबै लाग्नुपर्ने बताए । उनले अप्ठयारामा पुगेकाहरुलाई साथ दिने स्काउट रहेको भन्दै यसलाई अझ बढि प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले प्रदेश सरकारले समेत स्काउटलाई प्राथमिकतामा राखेकाले आगामी कार्यक्रमहरुमा सरकार समेत सहभागि हुने गरी योजना बनाउन आफु लाग्ने उनले प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्काउटले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वप२र्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक डिनानाथ भट्टराइले लुम्बिनी प्रदेशमा स्काउटले स्थानिय सरकार प्रदेश सरकार, संघिय सरकार संग समन्वय गरी काम गरिरहेको बताए ।

कार्यक्रममा समाजसेबी तेजेन्द्र केसी, राजेन्द्र ढकाल, स्काउट लुम्बिनी प्रदेश सदस्य मुकुन्द सुचिकार समाजसेवी नारायण भुषाल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष डिनानाथ भट्टराईको अध्यक्षयता तथा स्काउट सदस्य सरस्वती शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।