ग्यास सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र आमा हरिकला गम्भीर घाइते

मेचीकाली संवाददाता

४ फाल्गुन २०७९, बिहीबार
219 shares

काठमाडौं । खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा नेपाली कांग्रेसका सांसद चन्द्र गम्भीर भण्डारी घाइते भएका छन्। सांसद भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि घाइते भएको प्रहरीले जनाएको छ।

गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद काठमाडौंको बुद्धनगरमा बस्दै आएका छन्। बुधवार राति करिब साढे १० बजे ग्यास विस्फोट भएको थियो। घाइते दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गएराति गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पुगेर भेटेका थिए।