सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन

मेचीकाली संवाददाता

४ फाल्गुन २०७९, बिहीबार
193 shares

काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मेडिकल डाइरेक्टर डा.निजिना ताम्राकारका अनुसार १०स्५७ मा भण्डारीको निधन भएको हो ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।