एमाले प्युठानले गर्यो मुख्यमन्त्री गिरी र मन्त्री शर्मालाई सम्मान

मेचीकाली संवाददाता

४ फाल्गुन २०७९, बिहीबार
249 shares

वासुदेव गिरी
प्युठान । नेकपा एमाले प्युठानले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र कृषि तथा भुमि ब्यबस्था मन्त्री तुल्सिराम शर्मालाई बधाई तथा सम्मान गरेको छ ।

पार्टी कार्यालय बिजुवारमा एक कार्यक्रमको आयोजना गरी बधाई र सम्मान गरेको हो । कार्यक्रममा मुख्यमन्त्री गिरीले प्युठानको बिकासको सन्दर्भमा प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका गिरीले बिगतमा पार्टी को काममा आफु आएको स्मरण गर्नुभयो । पार्टीले संचालन गर्न लागेको मिसन ग्रासरुट अभियानलाई प्रभाबकारी बनाउन सबै पार्टी पंक्ति लाग्नुपर्ने बताउनुभयो । पार्टीले बिगतको समिक्षा गर्दै अबको गन्तव्य तय गर्नका लागि अभियान गर्न लागिएको उल्लेख गर्नुभयो । जनताको पक्षमा काम गर्ने गरी पार्टीको काम कार्वाही अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

कृषि तथा भुमि ब्यबस्था मन्त्री तुल्सिराम शर्माले आफुले पाएको जिम्मेवारी निभाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले जनतासामु गरेका बाचा पुरा गर्ने गरी काम गर्ने बताउनुभयो । जिल्लावासीको अपेक्षा, समस्यालाई ध्यान दिएर काम गर्ने मन्त्री शर्माको भनाई छ ।

एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष झग बहादुर बिश्वकर्माले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिब माधव शर्माले गर्नुभएको थियो । उप(सचिब दिपा पौडेलले मिसन ग्रासरुट अभियानको परिपत्र पढेर सुनाउनुभएको थियो ।