

पार्वती आचार्य
कपिलवस्तु । सुरक्षित आप्रवासन (सामी ) कार्यक्रम तथा सुरक्षित बैदेसिक रोजगार सम्बन्धि सचेतना मूलक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । आप्रवासी कामदार हकहित संजाल कपिलवस्तुको आयोजना तथा कपिलवस्तु नगरपालिका वडा नं. १ को सहयोगमा सुरक्षित बैदेसिक रोजगार सम्बन्धि सचेतना मूलक अभिमूखिकरण कार्यक्रम गरिएको हो ।
’स्वदेशमा नै रोजगारी गरौं; वैदेसिक रोजगारमा जाने भए सहि सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने मुलनारा सहित कपिलवस्तु नगरपालिका १ स्थित श्री रत्नराज्य लक्ष्मी माविका कक्षा ९ देखि कक्षा १२ सम्मका १ सय ७० बिद्याथीहरुलाई सचेतना मूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रम संयोजक सुभास रेग्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वैदेशिक रोजगारीमा कसरी सुरक्षित रहने भन्ने बिषयमा सहजीकरण गरेका थिए । वैदेशिक रोजगारमा जानुपूर्व वैदेशिक रोजगारको सिलसिलामा कामदारहरुले भोग्ने बिभिन्न समस्याहरुको बिषयमा जानकारी दिंदा रोजगारमा जाने युवाहरु सचेत हुने जानकारी दिए ।

सामाजिक परिचालन अधिकृत रामशंकर गौतमले वैदेशिक रोजगारी सम्बन्धि ठगी , उद्दार तथा राहात र कानुनी सहजीकरण तथा मृत्यु भएकाहरुको शव नेपाल ल्याउनकालागि सहयोग तथा क्षेतीपूर्ति प्राप्त गर्नकालागि जिल्लाा प्रशासन स्थित आप्रवासी सुचना केन्द्रद्वारा सहजीकरण भैरहेको जानकारी दिए ।
यसैगरी मनोसामाजिक परामर्शकर्ता अनन्ता न्यौपाने , बित्तिय साक्षरता सहजकर्ता कविता गौतमले बिद्यालयका बालबालिकाहरुलाई यस्ता खाल्का सचेतीकारण कार्यक्रमहरु संचालन गर्दा गाउँगाउँमा सन्देश पुग्ने बिश्वास व्यक्त गरे । यस्तै तुल्सा कहार लामाले विदेशबाट फर्किएकाहरुको रिटर्नीहरुको बारेमा जानकारी दिएकी थिईन् ।
संजालका सचिव नरिरुद्धिन गौरीले सुरक्षित बैदेशिस रोजगार सम्बन्धि कर्यक्रमहरु जिल्ला भरी संचालन गरी सचेतना गराउने उद्देश्यका साथ यो कार्यक्रम संचालन गरिएको जानकारी दिए । सहभागि बिद्यार्थीहरुले आफूले सिकेका र बुझेका कुराहरु आफ्नो घर , छिमेक र गाउँमा सन्देश दिने बताएका छन् ।