गुल्मीमा मदाने गाउँपालिका पहिलो, देशभरमा छैठौँ

मेचीकाली संवाददाता

५ फाल्गुन २०७९, शुक्रबार
573 shares

बुटवल । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्यांकनमा गुल्मी जिल्लामा मदाने गाउँपालिका पहिलो भएको छ । प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादनको सुचकका आधारमा मदाने गाउँपालिका पहिलो भएको हो ।

आयोगले कार्यसम्पादन गर्न प्रयोग गरिएका २७ वटा सूचक र प्राप्त विवरणका आधारमा मदाने गाउँपालिका कार्यसम्पादनमा ७६.०१ अंक प्राप्त गर्दै पहिलो र देशभरकै गाउँपालिकामध्ये छैठौ स्थानमा पर्न सफल भएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घास देखि करिब ४२ किमि टाढा रहेको मदाने गाउँपालिकामा अहिलेसम्म ८० प्रतिशत योजना सम्झौता भईसईसकेको प्रमुख प्रशासकीय अधिकृत शालिराम पन्थिले बताए ।

त्यस्तै रेसुङ्गा नगरपालिकाले ७३.६८, गुल्मीदरबार गाउँपालिकाले ७१.४८ र छत्रकोट गाउँपालिकाले ७१.८१ अंक प्राप्त गरेका छन् । सबैभन्दा कम कालिगण्डकीले ५७.१७ अंक ल्याएको छ भने अन्य पालिकाहरूको अंक ६०.०१ देखि ६९.९९ को बीचमा रहेको छ ।