बगनासकालीको चापपानीमा बन्यो शिवालय मन्दिर

मेचीकाली संवाददाता

६ फाल्गुन २०७९, शनिबार
243 shares

नेत्र गैरे

पाल्पा । बगनासकाली गाउँपालिका–९ चापपानी दप्सेको नवनिर्मित शिवालय मन्दिरको उद्घघाटन गरिएको छ ।

महान धार्मिक पर्व शिवरात्रीको अवसरमा चापपानीको शिवालय युवा क्लव तथा शिवालय आमा समूहको संयुक्त आयोजना भएको एक कार्यक्रमकामा लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँणले शिवालय मन्दिरको उद्घघाटन गरेकी हुन । सो अवसरमा उपसभामुख खाँणले आफू जन्मे हुर्केको ठाउमा आफ्ना बुवा आमाले शुभारम्भ गर्नुभएको मन्दिरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताइन् । उनले यस क्षेत्रको विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाभित्र रहेका धार्मिक साँस्कृतिक स्थलहरूको प्रचारप्रसारसंगै संरक्षणका साथै प्रवर्धन गर्दै लगिने बताए । कार्यक्रममा वडा सदस्य यमलाल तिमिल्सिना, कृष्ण भुसाल, नवर्तमान वडा सदस्य कमलबिक्रम खाँण, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, पत्रकार भोजराज तिमिल्सिना, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डे, स्थानीय टोल बिकास संस्थाका संयोजक ज्ञानराज तिमिल्सिना, गंगा खाँण, रेशम खाँण, वीर बहादुर मल्ल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा मन्दिर स्थापनामा नेतृत्व गर्ने ६ जनाका परिवारलाई मरणोपरान्त कदरपत्र र अन्य सहयोगीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय आमा समुहका कोषाध्यक्ष शोभा खाँणले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन । एकता युवा क्लव चापपानीका अध्यक्ष भेषराज तिमिल्सिनाको संचालन र शिवालय आमा समूहकी अध्यक्ष समिता मल्लको अध्यक्षताका कार्यक्रम चलेको थियो ।