लिग्जा कलेजको ८ औं साधारण सभा तथा तेस्रो अधिवेशन

मेचीकाली संवाददाता

६ फाल्गुन २०७९, शनिबार
261 shares


तुलसीराम पौडेल —
छपिया,फाल्गुन ५
रुपन्देहीको सियारी गाउँपालिका -४ छपिया स्थित लिलाधर घिमिरे छपिया जनता कलेजको ८ औ वार्षिक साधारण सभा सम्पन्न भयो ।लुम्बिनी प्रदेश भौतिक पुर्वाधार तथा योजना मन्त्री इन्द्रजित थारुले कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले देशको समग्र विकासको लागि शिक्षाको विकास आवश्यक रहेकोे बताउनुभयो ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व शिक्षा मन्त्री वसीउद्दिन खा र लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासेले क्याम्पसको शैक्षिक विकासको लागि प्रदेश स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।कार्यक्रममा क्याम्पसका जग्गादाता, आजिवन सदस्य एवं उत्कृष्ट प्राध्यापक लगायतलाई सम्मान गरिएको थियोे । कार्यक्रममा क्याम्पस प्रमुख लोक शर्मा बस्यालबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,क्याम्पस संचालक समितिका कोषाध्यक्ष नन्दलाल यादवबाट आर्थिक प्रतिवेदन प्रस्तुत , क्याम्पस संचालक समितिका अध्यक्ष थानेस्वर घिमिरेबाट अध्यक्ष प्रतिवेदन प्रस्तुत रहेकोे थियोे । क्याम्पस संचालक समितिका अध्यक्ष थानेस्वर घिमिरेको अध्यक्षता, क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्धि बहादुर बन्जाडेको स्वागत मन्तव्य ,क्याम्पसका व्यवस्थापन संकाय प्रमुख इन्द्र प्रसाद तिवारीबाट कार्यक्रमको औचित्यमाथी प्रकाश रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा चौधरी , पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिलाराम खनाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख तेजप्रसाद खरेलले गर्नुभएको थियो ।