तिलोत्तमा अङ्ग्रेजी माविमा विद्यार्थी तथा अभिभावकलाई सम्मान

मेचीकाली संवाददाता

६ फाल्गुन २०७९, शनिबार
324 shares


तुलसीराम पौडेल —
फर्साटिकर ,फाल्गुन ५
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित तिलोत्तमा अङ्ग्रेजी माध्यमिक विद्यालयमा विद्यार्थी तथा अभिभावकलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ। हालै सम्पन्न रेप्सा महोत्सवमा सहभागी भएर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सोही विद्यार्थीका अभिभावकलाई संमान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद न्यौपानेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका सदस्य पिताम्बर खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज मोहन राउतको संचालनमा सम्पन्न कार्यक्रममा अभिभावक सीता सुवेदी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।