रोटरी कलब अफ बुटवल चौतारीद्धारा निःशुल्क स्वास्थ्य शिविर

मेचीकाली संवाददाता

७ फाल्गुन २०७९, आईतवार
198 shares

बुटवल । रोटरी कलब अफ बुटवल चौतारीकोे आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर बुटवलमा सम्पन्न भएको छ । बुटवल–११ सत्यवती टोल स्थित बुद्धभुमी ट्याक्सी सेवा प्रा.लिको हलमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष रो.सन्तोष के.सीको अध्यक्षता, बुटवल उपमहानगरपालिका की उप–प्रमुख साबित्रा आर्यालको प्रमुख आतिथ्यता, रोटरी बुटवल चौतारी का एजी पुरन श्रेष्ठ, चौराहा हस्पिटलका एमडि बिरु भण्डारी, बुद्धभुमि ट्यक्सी सेवाका प्रतिनिधि दिलिप बि.क, सत्यवती टोल बिकास संस्थाका सचिव बिष्णु काफ्ले लगायतको उपस्तिथि रहेको थियो ।

चौराहा हस्पिटल र बिवन फार्मेसीको प्राबिधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा २४६ जनाले सेवा लिएका छन् । शिविरमा फिजिसियन, नाक कान घाँटी, हाडजोर्नी, महिला रोग सम्बन्धि, बालबालिका र दात सम्बन्धि डाक्टरहरुले निःशुल्क सेवा दिएका हुन् । शिविरमा सुगरको चेकजाँच पनि गरिएको थियो ।

बुटवल उपमहानगरकी उपप्रमुख आर्यालले रोटरी एक सामाजिक क्लब रहेको उल्लेख गर्दै यसले गर्ने हरेक गतिविधिहरु बारे आफू जानकार रहेको बताएन् । आफू पनि रोटरीमा आबद्ध भएर सेवा गरिसकेको बताउँदै क्लबले गर्ने सामाजिक काममा सहयोग र साथदिने प्रतिबद्धता जनाइन् ।

क्लबका अध्यक्ष के.सीले प्रस्तावित भवन निर्माण स्थलमा कलबको आफ्नै भवन निर्माण गरि सामाजिक गतिविधिहरु लाई अझै बृहत गर्ने सोच रहेकाले बुटवल उपमहानगरबाट भवन निर्माणमा सहयोग गर्न अनुरोध गरे । साथै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

क्लबले सोही कार्यक्रममा शारीरिक रुपमा अशक्त बुटवल–१३ नागरिक टोलकी लेकसरी गुरुङलाई एक थान हुईल चियर प्रदान गरेको छ । कार्यक्रम संयोजक रो.श्रीकान्त सुवेदीको स्वागत र क्लबका सचिव रो.सुदिप थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।