सगरमाथाले मनायो २९ औं वार्षिकोत्सव

मेचीकाली संवाददाता

७ फाल्गुन २०७९, आईतवार
208 shares

बुटवल । रुपन्देहीको देवदहमा स्थापित सगरमाथा आवासीय माध्यमिक विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सगरमाथाले आइतबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै गत वर्षको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री तथा संघीय सांसद छवीलाल विश्वकर्माले निजी शैक्षिकसंस्थाहरुले शैक्षिक जनशक्ति उत्पादनमा खेलेको भूमिकाको राज्यले मूल्यांकन गर्नुपर्ने बताए ।

विद्यालयका संस्थापक प्राचार्य कृष्णप्रसाद पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरसँगै दक्ष र सीपयुक्त जनशक्ति उत्पादनका कार्यक्रम ल्याउने तयारीमा सगरमाथा रहेको बताए ।

विद्यालयका सह–प्राचार्य लेखनाथ काफ्लेको स्वागत तथा प्रदीप अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्य आषिशकुमार चौधरी, जानकी न्यौपाने, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, पूर्वनगर प्रमुख हिराबहादुर खत्री, एन प्याव्सनका केन्द्रिय सदस्य विष्णुप्रसाद पौडेल, एन प्याव्सन लुम्विनी प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना, नगर प्रवक्ता गणेश डुम्रे, देवदह–७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, महामाया भवानी माध्यमिक विद्यालयका प्रार्चाय ऋषिश्वर अर्याल, नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, एन प्याव्सन रुपन्देहीका सचिव बाबुराम बन्जाडे, सगरमाथा क्याम्पसका अध्यक्ष ऋषिराम सापकोटा, अभिभावक लता चापागार्इंलगायतले बोल्दै सामुदायिक शैक्षिक संस्थालाई मात्र होइन, संस्थागत विद्यालयलाई पनि सीपमूलक प्राविधिक शिक्षाको अवसर दिनुपर्ने विचार राखेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा शैक्षिक पुरस्कार तथा बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार नविन पौडेल, तेजु अर्याल, हास्यकलाकार शेरबहादुर गुरुङ्ग, विभिन्न तहका विद्यार्थीहरुले आ–आफ्ना प्रस्तुतीहरु देखाएका थिए । कार्यक्रममा समाज रुपान्तरणमा योगदान पु¥याएवापत देवदह अपाङ्ग सेवा समाजका अध्यक्ष वालकुमार श्रेष्ठ, शैक्षिक पुरस्कारबाट देवदहका पत्रकार गोविन्द घर्तीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।