जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको मासिक प्रगती विवरण सार्वजनिक

मेचीकाली संवाददाता

८ फाल्गुन २०७९, सोमबार
208 shares

पार्वती अचार्य

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माघ महिनामा सम्पन्न गरेका मासिक कार्य सम्पादनको प्रगती विवरण सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले सोमबार मासिक प्रगति विवरण सार्वजनिक गरेका हुन ।

माघ महिनामा अपराध अनुसन्धान तर्फ ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनिहरुबाट कैद जरिवाना रु. १ लाख ६५ हजार २ सय ८० रुपैंया असुली भएको छ । यसैगरी ट्राफिक कारवाहीमा १ हजार ८ सय ५० वटा सवारी साधन कारवाहीमा परेका छन् । जसबाट रु. १२ लाख ७३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा सूचना अधिकारी मिन बहादुर घलेले बताए । यसैगरी अवैध भन्सार राजस्वमा सवारी साधन, लत्ता कपडा, बोका खसी, काठ र अन्य सामानको राजस्व रु. ६४ लाख ३७ हजार २ सय ४२ असुली भएको छ ।

विपदतर्फ आगलागी ७ वटा र १ वटा करेन्टको गरि विपदको घटना ८ वटा घटेका छन् । मानविय क्षती भएको छैन , २९ वटा पशुचौपायाको मृत्यू भएको र ५ पशुचौपाया घाईते भएका छन् । ३ वटा घर र ४ वटा गोठमा आगजनी हुँदा ६ लाख ६९ हजारको क्षती भएको तथ्यांक मासिक प्रगति विवरणमा उल्लेख गरिएको छ ।

माघ महिनामा ४८ वटा मुद्दा दर्ता भएकोमा २९ वटा फर्छौट भएको र १९ वटा प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बस्नेतले बताए ।

सुनचाँदी गरगहना सहित मानिस पक्राउ गरि अनुसन्धान भैरहेको छ । यस महिनामा लागूऔषध तर्फ उजुरी शुन्य छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ३० वटा उजुरी परेकोमा २५ वटा मिलापत्र भएको र ५ वटा प्रक्रियामा रहेका छन् । सामुदायीक प्रहरी सेवा केन्द्र मार्फत बिभिन्न सचेतना मूलक कार्यक्रमहरु सम्पन्न गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका आगामी कार्ययोजनाहरु यस्ता छन्

पुराना फर्छ्यौट हुन बाँकि पेण्डिङ मुद्दाको अनुसन्धान र कारवाहिलाई तिब्र पारिने , सिमा अपराध नियन्त्रणका लागि सिमा क्षेत्रमा ीच्ए लगाएतका प्रहरी क्रियाकलापमा बृद्दि गरिने छ । जिल्लामा भन्सार नतिरी भारतीय नम्बर प्लेटका सवारी साधनहरु चलाउने प्रवृतीलाई निरुत्साहीत गर्दै लगिने छ । फरार प्रतिवादीहरूको खोजी कार्यलाई निरन्तरता दिईने र जनचेतनामुलक कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगबाट संचालन गरिने कार्ययोजना रहेको प्रहरी उपरिक्षक बस्नेतले बताए । पछिल्लो समयमा सुरक्षालाई तिब्रता दिंदा बिभिन्न अपराधिक घटनाहरुमा सुधार आएको छ ।