लिग्जा कलेजको अध्यक्षमा गोपाल पाण्डे

मेचीकाली संवाददाता

९ फाल्गुन २०७९, मंगलवार
318 shares


तुलसीराम पौडेल —
छपिया, फाल्गुन ९
रुपन्देहीको सियारी गाउँपालिका -४ छपिया स्थित लिलाधर घिमिरे छपिया जनता कलेजको सम्पन्न आठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट गोपाल पाण्डेको अध्यक्षतामा सर्वसम्मत रुपमा कलेज संचालक समितिका पदाधिकारीहरु निर्वाचित भएका छन् ।कलेजको उपाध्यक्षमा बुद्दिराम बन्जाडे ,कोषाध्यक्षमा हरि बहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ।कलेजको पदेन सदस्य गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरे हुनुभएको छ। सदस्यहरु चन्द्रकान्त शर्मा ,राजकुमार घिमिरे ,लेखनाथ भुसाल ,मधुसूदन मरासिनी ,बिशम्भर यादव ,ज्ञानदेबी थापा,कोपिला अधिकारी,कुशहर यादव सर्वसम्मत हुनुभएको छ। कलेजको प्राध्यापक प्रतिनिधि पदेन सदस्य, त्रिवि प्रतिनिधि पदेन सदस्य र सदस्य सचीव पदेन रहने व्यवस्था छ ।त्यसै गरि आन्तरिक लेखा परिक्षण समितिको संयोजकमा नन्दलाल यादव सदस्यहरुमा रामजित यादव ,शिव भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरी प्रमुख सल्लाहकारमा कृष्ण प्रसाद भुसाल ,सल्लाहकारहरु बिस्णु घिमिरे र होमबहादुर देवकोटा सर्वसम्मत हुनुभएको छ।