एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रम पाल्पामा सुरु

मेचीकाली संवाददाता

९ फाल्गुन २०७९, मंगलवार
333 shares

नेत्र गैरे
पाल्पा । नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम पाल्पामा सुरु भउको छ । सोही कार्यक्रम अन्र्तगत पार्टी सुदृढीकरण्पाा तथा बिस्तार अभियान कार्यक्रमको अभिमुखीकरण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख राजन भट्टराईले मुलुकलाई आन्तरिक रुपमा सवल बनाउन सकेमात्र राजनैतिक, आर्थिक संबैधानिक रुपमा सक्षम बनाउन सकिने बताए । उनले प्रदेश, जिल्ला र गाउँपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिदै अन्र्तराष्ट्रिय परिवेश र राष्ट्रिय राजनीतीलाइ सहि बाटो दिन र मुलुकको आर्थिक समृद्धि, सुशासन ल्याउन एमाले लागि परेको बताए । पार्टीको सुदृढिकरण साथै तल्लोतह सम्मका जनता र कार्यकर्तासम्म पार्टीका धारणा पु¥याउन २ महिने पार्टी सुदृढीकरण तथा सदस्यता बिस्तार अभियान मिसन ग्रासरुट सुरु गरिएको उनले बताए ।

कार्यक्रममा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले नेपालको समृद्धिको लागि एमाले अपरिहार्य रहेको बताए । उनले अबको राजनैतिक मुद्धा राष्ट्रिय स्वाभिनता र रक्षाका लागि, नेपाली जनताको हितको साथै राज्यको भूमिका समाजबाद उल्मुख गराउने तर्फ केन्द्रित रहनुपर्ने बताउदै यसको निकासका लागि मुलुकमा एमालेको नेतृत्व आवस्यक रहेको बताए । अहिले एमाले भित्र सांगठानिक अराजकता र दक्षिणपन्थी अवसरबाद झाङ्गीएको र त्यसको अन्त्यको लागि यो अभियान तल्लोतह सम्म संचालन गरि पार्टी सुदृढीकरण गर्ने बताए ।

कार्यक्रममा अर्का पोलिटब्युरो सदस्य गोकुल घर्तीले पार्टी पंत्तीलाई बैचारिक र सैद्धान्तिक रुपमा सक्षम बनाउन अभियान सार्थक हुने बताए । पार्टी केन्द्रिय सदस्य सावित्री देवी अर्यालले पार्टी सुदृढिकरणको अभियानमा जनप्रतिनिधिको भूमिकामा प्रशिक्षण दिएकी थिइन । केन्द्रिय अनुशासन आयोग उपाध्यक्ष नेत्र पन्थीले सबै नेता तथा कार्यकर्ताको सक्रियतामा अभियान सफल हुने बताए ।

यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले यो अभियानले कार्यकर्ताहरुलाई बैचारिक र सांगठानिकरुपमा सक्षम बनाउनुका साथै ग्रासरुटमा संगठन निर्माणमा सहयोग पुग्ने बताए । केन्द्रिय प्रतिनिधि गणेश खनालले संगठन भित्रको अराजकताबादलाई जरैदेखि उन्मुलन गर्न र बैचारिक ढंगबाट कार्यकर्ता सुसुचित गराउन यो अभियान ल्याइएको बताए

कार्यक्रमा जिल्ला कमिटी सदस्य धनेन्द्रराज घिमिरेले अभियानलाई आन्दोलन कै रुपमा स्थानिय तहका बस्ती बस्तीमा पु¥याई संगठनलाई थप ससक्त बताउन सबैको पहल रहनुपर्ने बताए । मिसन ग्रासरुट कार्यक्रम संचालन गर्न पोलिटब्युरो सदस्य खिमलाल भट्टराईको नेतृत्वमा तानसेन नगरपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिका त्यस्तै अर्का पोलिटब्युरो सदस्य गोकुल घर्तीको नेतृत्वमा निस्दी, पूर्वखोला र मथागढी गाउँपालिका केन्द्रिय अनुशासन आयोग उपाध्यक्ष नेत्र पन्थी र गणेश खनालको नेतृत्वमा बगनासकाली र रिब्दिकोट गाउँपालिका र केन्द्रिय सदस्य सावित्री देवी अर्यालको नेतृत्वमा तिनाउ र रैनादेवी छहरामा जिम्मेबारी तोकिएको घिमिरेले बताए ।

अभिमुखी कार्यक्रम जिल्ला कमिटी उपाध्यक्ष देवीलाल लामिछानेको स्वागत र सचिव रामजी पोखरेलको संचालनमा सम्पन्न भएको हो ।