फोहोर व्यवस्थापन र छाडा चौपाया व्यवस्थापनमा आलोचना खेप्न बाध्य छौंः नगरप्रमुख अर्याल

मेचीकाली संवाददाता

१० फाल्गुन २०७९, बुधबार
308 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले फोहोर व्यवस्थापन र छाडा पशुचौपाया व्यवस्थापन गर्न नसक्दा बर्षैपिच्छे आलोचना खेप्न बाध्य भएको बताउनु भएको छ । कानुनी जटिलताका कारण नगरले चाहेका कामहरु समयमा सम्पन्न गर्न नसक्दा आलोचना खेप्न बाध्य भएको बताउनु भयो ।

बाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा कार्यालय कपिलवस्तुले समन्वय गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मेयर अर्यालले यस्तो बताउनु भएको हो । सामुदायीक वनका नियम कानुन र नितिले अल्झाँदा गर्न थालिएका काम अस्तव्यस्त भएको बताउनु भयो ।

निती , नियमलाई मिचेर कामहरु गर्न नमिल्नुका कारण नगरपालिका अल्झीनु परेका बताउँदै हालको उपलब्धिबाट नगरपालिका सन्तुष्ट नरहेको बताउनु भयो । आफुहरुले उपलब्धि देखिने गरि सक्रियता पुर्वक काम गरे पनि विभिन्न कानुनी जटिलता, स्रोत साधनको अभावका कारणले काम गर्न असहज भएको नगरप्रमुख अर्यालले बताउनु भयो ।

यसैगरी सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैं आफूहरु काम कारबाही तथा हालको उपलब्धिबाट सन्तुष्ट नभएको बताउनु भयो । फोहोरमैला व्यवस्थापन, छाडा पशुचौपयाको व्यवस्थापन लगाएतको समस्याको समाधानका लागी आफु निरन्तर रुपमा लागेको प्रष्टपार्नु भयो ।

यस्तै युवाहरु लागुपदार्थ दुव्र्यसनीमा फसेकोमा चिन्ता व्यक्त गर्दै यसप्रति नगरपालिका गम्भिर भएर लागेको छ । यसको नियन्त्रण गर्न नगरपालिकाले ठूलो बजेट विनियोजन गरि विभिन्न कार्यक्रम गरेको मेयर अर्यालले जनाउनु भयो । लागु पदार्थ बेचविखनकर्ताको बिगबिगीलाई कम गर्न स्थानीय सरकार र सरोकारवाला सबै निकाय एकजुट भएर लाग्न सकेमात्र लागु पदार्थ दुव्र्यशनी नियन्त्रण गर्न सकिने बताउनु भयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले केहिदिन अगाडी सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको प्रतिवेदनमा बाणगंगा नगरपालिकाको ५५।४७ प्रतिशत मात्र अंक देखिएकोमा उहाँले आपत्ती जनाउनु भयो । केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीसंगको भेटमा बाणगंगा नगरपालिकाले ८२।५ प्रतिशत अंक ल्याएको भन्दै बधाई समेत दिएका थिए । यस सम्बन्धमा थप खोज गरिपुष्टि गरिने मेयर अर्यालको भनाई छ ।

कार्यक्रममा नगर उपप्रमुखरिता कुमारी चौधरीले नगरपालिकाका सम्पूर्ण वडाहरुलाई महिला लक्षितका बिभिन्न सिपमुलक कार्यक्रमहरु र युवा स्वरोजगार लगाएतका कार्यक्रमहरु गरिएको बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले शुसासन नै महत्वपूण अंग भएको बताउँदै नगरपालिकाले दिने सेवा प्रवाहका बिषयमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा झुँगा टोल बिकास संस्थाका अध्यक्ष दामोदर पौडेल , कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलख बहादुर पछाई , स्थानिय खिमानन्द पौडेल ९कोपिल०, बिष्णुराज पौडेल लगाएतले शिक्षा , स्वास्थ्य , निर्माणाधिन कृषि उपज संकलन केन्द्र तथा औद्योगिक ग्रामको अवस्था , योजना सम्बन्धि , कृषि , सिंचाई , फोहोर व्यवस्थापन , छाडा पशुचौपाया , नदीजन्य पदार्थ चोरी निकासी , किसानले उत्पादन गरेका बस्तुहरुले बजार भाउ नपाउनु लगाएका बिषयहरुका जिज्ञासाहरु राखेका थिए ।

सहभागिहरुको जिज्ञाशालाई योजना शाखा प्रमुख शान्ताराज आचार्य , शिक्षा शाखा प्रमुख खिम बहादुर , कृषि शाखा प्रमुख लेष बहादुर केसी , लगायतले सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रम मेयर अर्यालको अध्यक्षतामा पत्रकार महासंघकी पूर्व उपाध्यक्ष पार्वती पाण्डेको स्वागत तथा संघका कोषाध्यक्ष मोहन बेल्बासेको संचालन रहेको कार्यक्रममा नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , बिषयगत शाखा प्रमुखहरु लगाएको सहभागिता रहेको थियो । संगिता भुषालले नागरिक प्रतिबेदन र बहिरगमन प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।