बुटवलमा सवारी दुर्घटना हुँदा पत्रकार मनोज हितंगाको मृत्यु

मेचीकाली संवाददाता

१४ फाल्गुन २०७९, आईतवार
110 shares

बुटवल । बुटवलमा भएको सवारी दुर्घटनामा परी पत्रकार मनोज हितंगाको मृत्यु भएको छ । ३६ वर्षीय हितंगाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति करिब सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेको हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाइकललाइ नयाँ बसपार्क नजिकै सुदूरपश्चिम प्रदेश ०७–०२–००१ नम्बरको यात्रुबहाक बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका हितंगालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनलाई केहीबेरमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

उनी लामो समय टेलिभिजनमा क्यामेरा पर्सनका रूपमा कार्यरत रहेका थिए । पछिल्लो समय उनी एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा रहेर संवाददाताका रूपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकामा स्थायी घर भएका उनि विगत १५ वर्षदेखि बुटवलस्थित बुद्धनगरमा बस्दै आएका थिए ।