भूपू सैनिक कल्याण क्लबमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

१४ फाल्गुन २०७९, आईतवार
475 shares

बुटवल । बुटवल–११ देविनगरस्थित भूतपुर्व सैनिक कल्याण क्लबको ३६औँ साधारणसभा तथा १५औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनले होमबहादुर पुन (छन्त्याल)को अध्यक्षतामा तीन वर्षका लागि २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा मोम प्रसाद गुरुङ, सचिवमा जीतबहादुर पुन, सह सचिवमा लोकबहादुर पुन, कोषाध्यक्षमा यम बहादुर थापा र सह कोषाध्यक्षमा राजकुमार पुन रहेका छन् ।

यस्तै सदस्यहरुमा पूर्ण बहादुर गुरुङ, टेक बहादुर राना, सालिकराम थापा, सुन बहादुर गाहा, जया बहादुर सुर्यवंशी, चित्र बहादुर डम्बरपाल, हेम बहादुर थापा, भुपालसिंह थापा, मानसिंंह काउचा, रुद्रविर चिदि मगर, नैनसिंह राना, नुन बहादुर सारु, विष्णुकुमार खत्रि, गोविन्द बहादुर थापा, दुर्गा बहादुर पुन (छन्त्याल), अनिल राना चयन भएका छन् ।

कार्यक्रममा अध्यक्ष होमबहादुर पुनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने क्याप्टेन यमहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष पुनको अध्यक्षता, वरिष्ठ सल्लाहकार क्याप्टेन खकप्रसाद पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महिला समितिका अध्यक्ष बिजमती पुन, प्रमुख अतिथी तथा क्लवका वरिष्ठ सल्लाहकार क्याप्टेन खकप्रसाद पुन, रुपन्देही बक्सिङ संघका अध्यक्ष राजु गुरुङ लगायतले आ–आफ्नो भनाई राखेका थिए । क्लबका सचिव जीतबहादुर पुनको सञ्चालनमा कार्यक्रम भएको थियो ।