 
	 
									
तुलसीराम पौडेल 
रुपन्देही । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल रुपन्देही जिल्ला समिती को प्रथम भेलाबाट चित्र गुरुङको अध्यक्षतमा ९ सदस्यीय समिति गठन गरेको छ।
बुटवलको रामनगर बौद्ध गुम्बामा फागुन १३ गते भएको प्रथम भेलाले गुरुङलाई चयन गरेको हो जसमा उपाध्यक्षमा निरु गुरुङ (मनु) सचिवमा सन्जय गुरुङ र कोषाध्यक्षमा बिण्णु माया गुरुङ गरि पदाधिकारीमा निर्वाचित गरिएको हो भने सदस्यमा राम बहादुर गुरुङ ,खिनु गुरुङ ,नरेश गुरुङ लब्सन गुरुङ र पोबिन्द्र गुरुङ गरि सदस्यमा निर्वाचित गरिएको हो ।
यसैगरी आजको भेलाले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ। वरिष्ठ सल्लाहकारमा भिम प्रसाद गुरुङ र देवराज गुरुङ र कोम बहादुर गुरुङ(कुमार) रहने गरि चयन गरिएको हो । जसमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला समिति संरक्षकको रुपमा रहने गरि आजको कार्यक्रमले तय गरेको हो । जसमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला समितिका सचिव तथा कार्यक्रमका प्रमुख अतिथी ओम गुरुङ, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कोषाध्यक्ष मन प्रसाद गुरुङ लगायतको सहभागीता रहेको थियो ।

 
		 
		 
			   
		 
             
             
             
             
             
             
		 
                                 
                                 
                                