

अनिल नेपाली
अर्घाखाँची । पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधीसभा सदस्य टोप बहादुर रायमाझीले खेल क्षेत्रको विकास अनिवार्य रहेको बताएका छन् । आइतबारदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिर्खकमा सुरू भएको १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको एक कार्यक्रममा बिचमा उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।
नेता रायमाझीले मानव जीवनमा खेलकुद अपरिहार्य रहेको बताए । उनले खेलकुद क्षेत्रको विकासको लागि आफु निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तर लाग्ने बताए । रायमाझीले यस्ता खाले खेलकुदरु निरन्तर रुपमा संचालन हुनुपर्ने बताउदै गाउँपालिका र नगरपालिकामा निर्माणधिन खेलमैदानलाई पुर्णता दिन निरन्तर रूपमा लाग्ने बताए एक फरक प्रसगमा रायमाझीले देशमा देखिएको अस्थिर राजनीतिक खिचातानीले देश विकासका अबरोध पुयाउने बताए नेकपा एमालेका सचिव समेत रहेका रायमाझीले देश विकासमा स्थिर सरकार आजको अनिवार्य आबरयकता रहेको बताए ।

प्रतियोगितामा ६ विधाका खेलका धेरै इभेन्टहरु हुने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले जनाएको छ । प्रतियोगितामा जिल्लाका ६ वटा स्थानियहरुका खेलाडीहरुले प्रतिस्पधा गर्ने छन् । यस अघि ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिकाले जितेको थियो । अहिलेको उपाधी आफनो हातमा पार्नको लागि सबै स्थानिय तहका खेलाडीहरु प्रतिस्पर्धामा छन् ।
खेल फागुन १६ गतेसम्म चल्ने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका कार्यालय प्रमुख जनार्दन गैरेले जानकारी दिए । उनले प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल र प्रमाण–पत्र पाउने बताउदै विजेता टोली प्रदेश स्तरिय खेलमा खेल्न पाउने बताए ।