तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता फागुन १९ गतेदेखि

मेचीकाली संवाददाता

१६ फाल्गुन २०७९, मंगलवार
224 shares

अनिल नेपाली

अर्घाखाँची । पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को आयोजनामा तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता फागुन १९ गतेदेखि हुने भएको छ ।

खेलाडीलाई मान होईन सम्मान खेलकुद्ध शान होईन हाम्रो पहिचन भन्ने मुल नारा सहित आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिता १९ गते देखि २२ गतेसम्म भुमिकास्थान नगरपालिका–१ पिपलनेटामा हुने भएको हो ।

प्रत्येक वर्ष भलिबल प्रतियोगिता पिपलनेटा बजार विकास संस्थाद्धारा आयोजना हुने गर्दछ । संस्थाले विगत दुई वर्ष अगाडि देखि खेल क्षेत्रको विकास प्रबद्र्धन गर्नको लागि भनी उचित पुरस्कार राशी सहित खेलको आयोजना गर्ने गरेको छ ।

जसमा आयोजकले टिम दर्ताका लागि २ हजार ५ सय तोकेको छ भने टिम दर्ता १९ गते बिहान १० बजेसम्म गर्न सक्ने आयोजकले जनाएको छ । जसमा प्रथम पुरस्कार रु ७१ हजार मेडल ट्रफि र प्रमाणपत्र ,द्वितीय पुरस्कार रु ५१ हजार मेडल ट्रफि र प्रमाणपत्र, तृतीय पुरस्कार रु ३१ हजार मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ट खेलाडी पुरस्कार रु ३ हजार ५ सय उत्कृष्ट अनुशासन पुरस्कार रु ३ हजार ५ सय, उत्कृष्ट पत्रकार पुरस्कार रु ३ हजार ५ सय पाउने आयोजकले जनाएको छ ।
टिम दर्ताको लागि ९८५७०८४१२९, ९८४७४१२१९७, ९८४४९१७७०६ सम्पर्क गर्न सकिनेछ ।