रुपन्देहीबाट साढे १४ लाखकोे अवैध कपडा र खाद्यान्न बरामद

मेचीकाली संवाददाता

१८ फाल्गुन २०७९, बिहीबार
207 shares

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट साढे १४ लाख रुपैयाँभन्दा बढीको अवैध कपडा र खाद्यान्न बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले १४ लाख ५७ हजार ९९० रुपैयाँ बराबरका कपडा र खाद्यान्न बरामद गरेको जानकारी दिए ।

प्रहरीले मर्चवारी गाउँपालिका–७ श्रीरामपुर स्थित महादेव पाल र शिवनाथ भनिने सूर्यनाथ पालको घरबाट ३ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको ५० किलोको एक सय बोरा चामल बरामद गएको थियो । सिद्धार्थनगर नगरपालिका–७ बेलबाबा पथ स्थित दिनेश पोखरेलको घरबाट तन्ना, साडी, सर्ट, टिसर्ट, पाइन्ट लगायत ८ लाख ५४ हजार बराबरका सामान बरामद गरेको थियो ।

यस्तै कोटइमाई गाउँपालिका–३ नौडीहवामा बेवारिसे अवस्थामा रहेको भारतबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ९१ हजार ९९० रुपैयाँ बराबरको चामल र गहुँ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद भएका कपडा र खाद्यान्न बुधबार नै भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
थ्यग कभलत